रामकृस्ण कंडेल,गुल्मी २०७६ पुस १२ । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले स्व।जीबराज आश्रित कुशल संगठक र ईमान्दार नेता भएको बताएका छन् । गुल्मीको चन्द्रकोट गॉऊपालिका वडा नं ६ मा स्थापित जीबराज आश्रित स्मृति संग्राहलयको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री ज्ञवालीले आश्रितको जन्मस्थानमा स्मृति संग्राहलय बनाईनु स्वागत योग्य कार्य भएको बताऊदै यस कार्यलाई सफल बनाऊन सक्दो सहयोग गर्ने प्रतिबध्दता व्यक्त गरे ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सशक्त र परिस्कृत बनाऊन स्व।आश्रितको योगदानको चर्चा गर्दै सत्तारूढ दलका स्थायि कमिटि सदस्य समेत रहेका ज्ञवालीले टुट फुटमा रहेका कम्युनिष्ट घटकहरूलाई एकताबध्द गराई शक्तिशाली कम्युनिस्ट पार्टी बनाऊनु पर्छ भन्ने चाहना र जोड स्व।आश्रितको थियो, संबोधनको क्रममा मन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले संबोधनको क्रममा बर्तमान परिस्थितिको बारेमा आफ्नो धारणा ब्यक्त गर्दै सम्पूर्ण जनप्रतिनिधिहरूलाई जनचाहना अनुसार काम गर्न आग्रह गरे । मन्त्री ज्ञवालीको आग्रह थियो हामी देश निर्माण गर्ने अवसरको संघारमा छौँ, यस्तो अवसर सधैँ पाइँदैन, यसलाई खेर जान पनि दिनु हुँदैन। तत्कालीन नेकपा मालेका संगठन बिभाग प्रमुख स्व जीबराज आश्रितको महासचिब स्व मदन भन्डारी संगै चितवनको दासढुंगामा जिप दुर्घटनामा परी दुखद निधन भएको थियो।
कार्यक्रममा स्व।जिबराज आश्रितकी धर्मपत्नी तथा सभासद माया ज्ञवाली, जिल्ला तहका नेताहरू, जनप्रतिनिधिहरू, कर्मचारी लगायत ठुलो संख्यामा सर्बसाधरणको सहभागिता रहेको थियो।
आफ्नो निर्बाचन क्षेत्र भ्रमण, बिकास निर्माण कार्यको निरिक्षणको क्रममा मन्त्री ज्ञवालीले चन्द्रकोट गॉउपालिका वडा नं६को नबनिर्मित वडा कार्यलय भवनको पनि ऊद्घाटन गरेका थिए ।
यसैगरी चन्द्रकोट गाऊपालिकाको वडा न६ को अर्जेवा झरनाको समेत अबलोकन गर्दै मन्त्री ज्ञवालीले ुझरना संरक्षणको लागि महत्वपूर्ण सल्लाह सुझाबहरू दिए ।