Sorry, that menu does not exist.
 

प्रथम गुल्मी मुसिकोट महोत्सवको तयारी : काठमाडौंमा भेला, मुसिकोटको विकासमा टेवा पुग्न विश्वास !

कमल पौडेल, वामी गुल्मी २०७६ पुस १२ । प्रथम गुल्मी मुसिकोट महोत्सवको तयारी स्वरुप काठमाडौंमा मुसिकोटे वामेलीहरुको भेला सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ वामी शाखाको आयोजनामा हार्दिक होटलमा भएको भेलाले महोत्सवलाई भव्य र सभ्य बनाउने निर्णय गरेको छ । मुसिकोट भित्रका पर्यटकीय क्षेत्रहरुको विकाश गर्न, स्थानिय उत्पादनको वजारीकरण गर्न महोत्सव सफल हुने विश्वास गरिएको छ। कार्यक्रममा हिरामणि अर्यालले महोत्सव सफल बनाउन एकमना एकताको साथ लाग्नुपर्ने भन्दै सवैको सहयोग विना ठुला कार्य सम्पन्न गर्न नसकिने भन्दै सवैको सहयोग हुनुपर्ने बताए ।

कार्यक्रममा प्रा.डा. तारा सापकोटा, डा. जीवलाल सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरुेका थिए । कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष तथा आर्थिक विकास समितिका सभापति प्रकाश काफ्लेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ वामीका वेग प्रसाद शाक्य, दिनेश खाती, ज्ञानहरी सापकोटा विजया कुमारी मल्ल लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम उद्योग वाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता तथा रुपकलाल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्योग वाणिज्य संघ वामी शाखाले यहि माघ १५ गते देखि २६ गते सम्म प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक, औधोगिक एवं व्यापार मेला २०७६ गर्न लागको हो । गुल्मी मुसिकोट समृद्धिको आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नारा सहित हुने मेलामा विविध खेलकुद सहितका प्रतियोगीतात्मक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !