सविता खत्री, ताराखोला २०७६ पुसर १२ । ताराखोला गाउपालिका ३ हिलको जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका जेष्ठ शेयर सदस्य चन्द्र बहादुर चोखालले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए । उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताए । सहकारी समुदायमा केन्द्रित संस्था हो, भने, सबैको सहभागिता आगामी दिनमा आवश्यकता छ । कार्यक्रममा ताराखोला गाउँ पालिका प्रमुख प्रकाश घर्ती त्यस्तै संस्थाका शेयर सदस्य शिव प्रसाद निउरे ,कविता चालिसे कोपिला अर्गल बहुउद्देश्यीय साकोस प्रतिनिधि श्याम घर्ती मगर गल्कोट साकोस प्रतिनिधि टम बहादुर कार्की बोलेका थिए ।
साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा रहेर सम्मात तथा पुरस्कार प्रदान गरिएको छ । कक्षा १२ मा सबोउत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यका छोरा छोरी लाई सम्मान गरिएको थियो जसमा इश्वर निउरे ,रक्षा निउरे जेष्ठ नागरिक को तर्फबाट तारा बहादुर खत्री चन्द्रकलि भर्ताल असल ऋणि को रुपमा राजन रामदाम ,यमकली कार्की त्यस्तै असल बचत कर्ता दल बहादुर बगाले र चन्द्रकलि रोका सम्मानित भएका थिए ।
२०५४ सालमा स्थापना भएको यस संस्थाले ९ करोड, ५३लाख ५ हजार ४सय ७७ रुपैयाको कारोबार गरेको छ ।त्यस्तै आय तर्फ ७८,२४ ८१५ ब्याय तर्फ ५१,१००६३ र आम्दानी २७,१४७५१ भएको कोषअध्यक्ष गणेश चोखालले बताए शेयर सदस्यहरुमा वृद्धि भई अहिले ८सय ५६ जना पुगेका छन । संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी,सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।
साधारण सभाले सचिव क्षेत्र बहादुर बस्नेत को प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश चोखाल आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रबिलाल कडेल लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संजय कुमार श्रेष्ठ को अध्यक्षता शिक्षा समिती संयोजक डम्मर थापाको स्वागत मन्तव्य र सस्थाका सहसचिव पुर्ण चोखालको सन्चालनमा सम्पन्न भएको थियो ।