कोपीला कंडेल, बागलुङ २०७६ पुस १३ । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङव्दारा स्थापित भुपि पुरस्कार एबं सम्मान शनिबार एक समारोहका बिच सम्पन्न गरिएको छ । गतवर्ष देखी शुरु गरिएको भुपि पुरस्कार यसबर्ष ८५ औ भुपि जयन्तीका अवसरमा थकाली सेवा समाज बुटवललाई प्रदान गरिएको छ । समाजलाई बुटवलमा प्रतिष्ठान निर्माण गरी कवि भुपि शेरचनको जन्मजयन्ती लगायतका साहित्यिक गतिविधी गरेको भन्दै समाजका अध्यक्ष लाल बहादुर गौचनलाई २५ हजार रुपयां नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यसैगरी यसवर्षको भुपि सम्मान काठमाडौका साहित्यकार मोहन चापागाईलाई प्रदान गरिएको छ । साहित्यकार चापागाईँंलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित दुबैलाई भुपि पुरस्कार समारोह समितिका संस्थापक संरक्षक एबं कवि भुपिकी धर्मपत्नी कान्ती शेरचन र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोषनले सम्मान गरेका थिए ।
कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानव्दारा प्रकाशित भुपि पुरस्कार स्थापना बिषेष एक कृतिको बिमोचन गरिएकोे थियोे । कृतिको बिमोचन भुपीकी धर्मपत्नी शेरचनले गरेकी हुन् ।
सो अवसरमा बोल्दै संस्थापक संरक्षक शेरचनले भुपि जयन्तीलाई व्यवस्थित रुपमा मनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताईन ।
सो अवसरमा सम्मानित वक्तित्व एबं साहित्यकार चपागाईले कवि भुपि शेरचन नेपाली साहित्यमा उज्वल तारा भएको बताए । सो अवसरमा थकाली सेवा समिति बुटवलका निवर्तमान अध्यक्ष शिब प्रसाद शेरचन, भुपि पुरस्कार समारोह समितिका सदस्य एबं भुपि शेरचनका सुपुत्र भुपेश शेरचन, समाजसेवी लालचन्द्र राजभण्डारी र नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिउ ।
थकाली सेवा समिति बुटवलको संस्थागत परिचय म्याग्दीका साहित्यकार धुव्रलाल शर्मा र सम्मानित ब्यक्तित्व मोहन चापागाईको ब्याक्तित्व बारे पर्वतका साहित्यकार सरस्वती शर्मा जिज्ञासुले प्रकाश पारेका थिए ।
कवि भुपि शेरचनले नेपाली साहित्यमा पुर्याएको योगदान बारे धौलागिरी साहित्य प्रतिष्ठानका संस्थापक सदस्य एबं धौलागिरी बहुमुखी क्याम्पसका उप–प्रध्यापक हरि प्रसाद पाण्डेले प्रकाश पारेका थिए ।
सो अवसरमा सुर साधना संगीत बिद्यालयका प्रशिक्षक सुर्य घताने लगायतको टोलीले कवि भुपि सर्मथित संगित प्रस्तुत गरेका थिए । कवि भुपि शेरचन बारे गीत संगीत मार्फत योगादन गरेको भन्दै भुपिको परिवारका तर्फबाट नगद रु १० हजार सुर साधना संगीत बिद्यालयलाई सहयोग हस्तान्त्रण गरिएको थियो ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता , बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको स्वागत मन्तब्य र धौलागिरी साहित्य प्रतिष्ठानका प्रबन्ध समिति सदस्य एबं पत्रकार कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।