Sorry, that menu does not exist.
 

अर्नाकोट देउरालीका १ सय ९२ घरधुरीलाई पम्पिङ प्रणालीबाट खानेपानीको सुविधा !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ पुस १३ । निसीखोला गाउँपालिका २ काल्नेचौरमा अर्नाकोट देउराली ग्रामिण खानेपानी तथा सरसफाई एवम् लघुजलविद्युत आयोजनाको शनिबार उद्घाटन गरिएको छ । अर्नाकोट देउराली गाउँमा खानेपानीको समस्या भइरहेको अवस्थामा स्थानीयबासीले गाउँपालिका र विभिन्न सँघसँस्थाको आर्थिक, प्राविधिक सहयोगमा गाउँदेखि पाँचसय मिटर तल रहेको मुहानदेखि विद्युत निर्माण सँगै पम्पिङ प्रविधिबाट गाउँमै पानी पर्याएका हुन् । सन२०१२ मा निर्माण गरिएको पम्पिङ आयोजना प्रभाबकारी नभएपछि पुन निसीखोला गाउँपालिकाको ३६ लाख अनुदान, युनेका फाउन्डेशन नेदरल्यान्ड्स मार्फत रेडक्रस कास्कीको १९ लाख र स्थानीय समुदायको करिब १५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरी करिब ७० लाख लागतमा १८ किलोवाट विद्युत उत्पादन सँगै पम्पिङ प्रविधिबाट गाउँमै खानेपानी पुर्याइएको कर्मफाईट्स पोखराका डाइरेक्टर प्रेम कुवँरले बताए ।

विद्युत आयोजना निर्माण भएसँगै काल्नेचौरका १ सय घरधुरी बासिन्दाले १० किलोवाट विधुत उपभोग गर्ने भएका छन् भने ८ किलोवाट विद्युतबाट पाँचसय मिटर माथि पम्पिङ पद्धतिबाट अर्नाकोट देउराली, घम्पु, बेङग्रि, थुम गाउँका १ सय ९२ घरधुरीले पिउने पानी प्रयोृग गर्न पाउने भएका हुन् ।

गाउँ नजिकै पानीको मुहान नभएपछि ८ बर्ष पहिलेनै डेढ करोड लागतमा पम्पिङ प्रणालीबाट उक्त गाउँमा पानी पुर्याएपनी त्यति प्रभाबकारी नभएपछि यसपटक विद्युत आयोजना निर्माण गरी आफनै विधुतबाट पानी तानिएको र पम्पिङ प्रणालीलाई समेत थप ब्यबस्थित गरीएको बताइएको छ ।

निसीखोला गाउँपालिका सँगै युनिका फाउन्डेशन नेडरल्यान्ड्स मार्फत कास्की रेडक्रस र कर्मफलाईट्स फाउन्डेशन पोखराको आर्थिक सहयोग र एसियन पावर कम्पनीको प्राविधिक सहयोगमा आयोजना निर्माण सम्पन्न भएको हो ।

गत जेठ १५ देखि सुरु भएको परियोजना सम्पन्न भएसँगै पुराना ट्याङकीलाई समेत थप मर्मत गरेर पानी सँकलन गर्ने गराइको छ । शनिवार भएको परियोजना उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथी निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी पालिकाका सवै वडा गाउँतहमा खानोपनीको पहुँच पुर्याउने अभियानलाई विव्रताका साथ अगाडी बढाइरहेको बताए । उनले अव चाँडैने आफनो पालिकाका सबै जनता खानोपनीको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे । मानिसका लागि विकासको आधार मध्य खानेपानी समेत महत्वपूर्ण बिषय भएका कारण त्यसलाई आफुहरुले प्राथमिकता दिएर अगाडी बढिरहेको बताउँदै खानोपनीको चरम समस्या रहेको अर्नाकोट देउरालीमा अव खानेपानीको समस्या कम हुने उनको भनाई थियो ।

कार्यक्रम अर्नाकोट देउराली ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका अध्यक्ष लालबहादुर कुवँरको अध्यक्षता, प्रदेश नं.३ का प्रदेश सभा सदस्य रमेश पौडेल, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, कास्की रेडक्रसका अध्यक्ष कृष्ण त्रिपाठी, युनिका फाउन्डेशनका सह डाइरेक्टर तारा बज्रचार्य कास्की रेडक्रसका इन्जिनीयर सौगात गुरुङ, ठाकुर अधिकारी, कर्मफलाईट्स फाउन्डेशन पोखराका डाइरेक्टर प्रेम कुवँर, अर्नाकोट देउराली लघुजलविधुत आयोजनाका अध्यक्ष वीरबहादुर कुवँर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम अर्नाकोट आधारभुत विद्यालयका प्रअ बेगबहादुर कुवँरको स्वागत, झम सिर्पालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !