दामोदर पौडेल, बिहुँ २०७६ पुस १४ ।, नेपाल राष्ट्रिय सेवा दल द्वारा सिसं ४६ को जुनियरतर्फको एन सिसीको नवलपुरको हात्तिखोरमा सञ्चालित २१ दिने तालिममा अमर माध्यमिक विद्यालयले तालिममा सहभागी १६ विद्यालयलाई पछि पार्दै वेस्ट प्लाटुन प्राप्त गरेको छ ।
सो तालिममा सञ्चालन गरिएको पुरूष भलिबलमा प्रथम स्थान, महिला भलिवलमा व्दितीय स्थान र सामुहिक नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
मिति २०७६ असार ५ गतेदेखि २०७६ मंसिर२१ गतेसम्म (७९ दिन) विद्यालयमा तालिम प्रशिक्षक द्वारा तालिम प्रदान गरिएको थियो भने मिति २०७६ मंसिर २३ देखि मिति २०७६ पुस १३ गतेसम्म २१ दिने तालिमको लागि नवलपुरको हात्तिखोरमा तालिम प्रदान गरिएको थियो ।
आज एक कार्यक्रमको आयोजना गरि तालिम सम्पन्नगरि फर्किएका विद्यार्थीहरू ३६ जना , तालिम प्रशिक्षक हु जितेन्द्र महतो र शिक्षक सरस्वती वि कलाई सम्मान गरिएको थियौ ।
यस विद्यालय सिसं ४४ जुनियरतर्फको एन सि सी तालिममा सहभागी भई पुरूष भलिबलमा प्रथम र रिले दौडमा प्रथम स्थान हासिल गरेको थियोे भने सि सं ४५ को तालिममा वेस्ट प्लाटुन, पुरूष भलिबलमा प्रथम र रिले दौडमा प्रथम भएको थियो ।