केशवराज क्षेत्री,बरेङ ।२०७६ पौष १५ । बरेङ गाउँपालिका आर्थिक विकास समितिको सहयोग र बरेङ गाउँपालिका पशु सेवा शाखा बरेङ्को आयोजनामा ३ दिने बङ्गुर पालन तालिम मंगलबार सम्पन्न भएको छ । करिब २२ जना सहभागी भएको तालिम १३ गते बाट बरेङ गाउँपालिकाको कार्यालय हुग्दिशिर सुदलामा संचालन भएको थियो ।
कार्यक्रमका अतिथी बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले आर्थिक उपार्जन गरेर व्यवसायिक बन्नको लागि तालिमले योगदान गर्ने बताउँदै ज्ञान मात्र लिएर नबस्नका लागि अनुरोध गर्दै व्यवहारिक रुपमा लागू गर्नुपर्ने बताइन् ।
त्यस्तै पालिका आर्थिक समितिका संयोजक तथा वार्ड नम्बर ३ का अध्यक्ष पुर्ण खनालले बङ्गुर थोरै भएकाले धेरै बनाउने र नभएकाले खरिद गरी उत्पादन गर्दै आर्थिक रुपमा सक्षम हुनको लागि सोचेर लाग्नुपर्ने बताए ।
तालिम जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख नेत्र आचार्यको प्रशिक्षण आर्थिक समितिका संयोजक पुर्ण खनालको अध्यक्षता र बरेङ गाउँपालिकाका पशु शाखा प्रमुख नारायण पौडेलको संचालनमा सम्पन्न भएको आयोजकले जानकारी गराएको छ।