छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस १६ । निसीखोला गाउपालिकाको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा पुस १५ गते तदनुसार सन डिसेम्वर ३१, २०१९मा निसीखोला गाउपालिका प्रमुख पर्यटकीय गन्तव्य पहिचान सम्वन्धी अन्तरक्रिया कार्यक्रमका साथै गाउपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थल अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल सहितको पर्यटकीय गन्तव्य पहिचान गर्न गएको टोलीमा स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो । टोलीलाई निसीखोलाबासीले फुलमाला अविरले भव्य स्वागत सत्कार गरेका थिए ।
टोली निसीखोला गाउपालिकाको पातीहाल्ने लगायत निसीखोला वडा नं ६ स्थित रिगाताल, राजकुतको नर्सिँहकोट, देविस्थानको अर्नाकोट आदि पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो ।
सो अवसरमा निसीखोला गाउपालिकका अध्यक्ष तारानाथ पौडेलले निसीखोला गाउपालिका साबिक राजकुत, देविस्थान, बोहरागाउ तथा निसी गाउविकास समितिहरुमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र विकासका लागी गाउपालिकाले बजेट विनियोजन गर्ने बताउदै यसमा प्रदेश तथा केन्द्र सरकारको सहयोग हुनु पर्ने बताए ।
टोलीले आज पुस १६ गते बडिगाड गाउपालिकाको साबिक ग्वालिचौर गाविसको भीरकटेरी जंगलमा स्थित चमेरे गुफा अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ । गत २०७५ साल जेठ महिनामा बडीगाड गाउपालिकाको बैठक चमेरे गुफामा बसी सो गुफाको विबासका लागी गाउपालिकाका अध्यक्ष लगायत सबै सदस्यहरुले एकएक महिनाको तलब सहयोग गर्ने र पालिकाबाट केहि रकम माग गर्ने निर्णय गरी त्यहाँहाल सम्म ४५ लाख रुपयाको काम भएको अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिए ।