Sorry, that menu does not exist.
 

राष्ट्रिय कृषक महासंघव्दारा साँसद शाहीको सम्मान : कृषकमा समस्या प्रदेश सभामा राख्ने प्रतिवद्धता !

लिला घर्ती, बुर्तिबाङ, २०७६ पुस १६ । राष्ट्रिय कृषक महासंघ जिल्ला समिति बागलुङद्धारा संयुक्त बाम गठन्धनका तर्फबाट निर्वाचित गण्डकी प्रदेश साँसद खीम विक्रम शाहीलाई सम्मान गरिएको छ । निसीखोला गाउँपालिकाको वडा नं. ४ स्थित अमृत कृषि फर्ममा आयोजना गरिएको एक कार्यक्रममा शाहीलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष गंगा थापाले, राज्यले ग्रामीण तहका कृषकहरुलाई लाभ हुने नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउँदै, गण्डकी प्रदेशसभामा कृषिमुखी नीति निर्माणमा ध्यान दिन शाहीलाई आग्रह गरे । उत्पादनमा जोड नदिएसम्म देश समृद्धि तर्फ जान नसक्नै बताउँदै उपाध्यक्ष थापाले, कृषि उपजको उत्पादनमा राज्यले लगानी बढाउने कार्यक्रम ल्याउन सक्नु पर्नेमा जोड दिए ।

यस्तै महासंघ बागलुङका अध्यक्ष लीला घर्तिले, संघ, प्रदेश र स्थानीय तहगरी तीनवटै राज्यले कृषिमुखी कार्यक्रममा जोड दिन नसकिरहेको अवस्थालाई उजागर गर्दै, नवनिर्वाचित साँसद शाहीले गण्डकी प्रदेशमा कृषकका कुरा उठाउन आग्रह गरे ।

महासंघका तर्फबाट सम्मान तथा बधाई पछि प्रदेश साँसद शाहीले, आफ्ना कुरा राख्नेक्रममा कृषकका कुरा राख्ने जनप्रतिनिधिहरु राज्यका तहमा नहुनु दुःखद कुरा भएको बताए । राज्यले केही कार्यक्रमहरु ल्याएको छ तर त्यो कार्यक्रम कृषकको पहुँचसम्म पु¥याउने गरि नीति बनाउन आफुले जिममेवार ढंगले संसदमा पहल गर्ने प्रतिवद्धता जनाए ।

बागलुङ पश्चिममा तीन वटै पालिकामा पुगेर के कस्ता कृषि कार्यक्रम ल्याउँदा यहाँका कृषकलाई राहत हुन्छ, आवश्यक शुझाव सल्लाह सहित आफ्ना् भूमिका सकरात्मक हुनेमा विश्वस्त हुन साँसद शाहीको आग्रह थियो । सबै स्थानीय पालिकाले पनि आफ्नो पालिकामा कसन प्रकारको कृषि कार्यक्रम गर्नुपर्ने हो त्यसको खाका र कार्यक्रम बनाउन स्थानीय पालिकाले पहल थाल्न भन्दै, आफ्नो जिम्मेवारीबाट सक्दो सहयोग हुने समेत बताए ।

कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, महासंघ अन्तरगत निसीखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष भीम बहादुर चन्द, ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक उपानन्द रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !