Sorry, that menu does not exist.
 

बिहुकोट समाज जापानको अधिबेशन सप्पन्न : २५ सदस्यीय नयाँ कार्यसमिति चयन !

रामशरण पोखरेल,जापान २०७६ पुस १७ । बिहुकोट समाज जापानको ७ औं केन्द्रिय अधिबेशन तथा १३ औं साधारण सभा जापानमा सम्पन्न भएको छ ।

अधिबेशनले गोपाल शर्मा (अशोक) को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्बत चयन गरेको छ । यसैगरी उपाध्यक्षमा महेन्द्र प्रसाद कडेँल, दिपक प्रसाद कडेँल, कडेँल, बिष्णु प्रसाद कडेँल, तोयानाथ रिजाल सचिबमा शिबलाल कडेँल सह(सचिबमा नारायण कंडेल कोषाध्यक्षमा रामु कडेँल र सह(कोषाध्यक्षमा कृष्ण प्रसाद कडेँल निर्बिरोध चयन भएका छन ।

यसैगरी अन्य सदस्यमा याम लाल सुवेदी, टिका राम कडेल, नारायण प्रसाद कडेल, केशब कडेल, चन्डि प्रसाद कडेल, खिमानन्द शर्मा, निखिल कडेल, दयाराम कडेल, शिब सुबेदी, बिष्णु प्रसाद कडेल, बिष्णु प्रसाद कडेल९ रामु ०, खिमानन्द कडेल, शिव न्युरे,टिका राम कडेल (रामु),गोपाल प्रसाद सुवेदी निर्बाचित भएका छन् ।

सस्थाका अध्यक्ष देबीलाल सुवेदी अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब १ करोड २० लाखको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । नेपालको हरेक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको सस्थाले नेपालमा १ करोडको अक्षयकोष स्थापना गरि त्यसको ब्याजबाट समाजमा पर्न आउने अकल्पनीय घटनाहरु एवम दैबि प्रकोप बाट पीडामा परेकाहरुलाइ आर्थिक सहयोग गर्दै आएको छ ।

उक्त सस्था जापानको सस्थाहरु मध्य मै अत्यन्त चर्चित सस्थाको रुपमा चिनिने गरेको सस्थाका निबर्तमान अध्यक्ष देबिलाल सुबेदीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !