रामशरण पोखरेल, बागलुङ श्रीकृष्ण आधारभूत विद्यालय बागलुङ नगरपालिका ५ मालिकाको ५९ औ वार्षिक उत्सव सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा वोल्दै पूर्व राज्यमन्त्री रामजी प्रसाद शर्माले शैक्षिक गुणस्तर सुधारको लागी अभिभावक जागरुक हुनुपर्ने वताउदै अवको शिक्षा युग सुहाउदो र विश्व वजारमा विक्ने हुनुपर्ने वताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद सापकोटा, जग्गादाता प्रेम प्रसाद शर्मा सापकोटा, आर्थिक संकलन समितिका संयोजक फूलप्रसाद सापकोटा, नेकपा जिल्ला सदस्य कोपिला खरेल ,गैर सरकारी सस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ बागलुङका सह सचिव सुवास आचार्य , शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा अभिभावकको तर्फवाट पुण्य सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रअ दयाराम सापकोटाले आर्थिक प्रतिवेदन र शिक्षक घनश्याम रिजालले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा ३ दिन संम्म संचालन भएको वार्षिक उत्सवको अवसरमा आयोजित हाजिरजवाफ, हिज्जे,हिसाव दौड, म्युजिकल चियर प्रतियोगितामा विजयी विभिन्न विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
र्षिक उत्सव मुल समारोहमा विद्यार्थीले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै विद्यालयको संचार माध्यमबाट प्रचारप्रसारमा महत्वपूर्ण सहयोग गरेको भन्दै धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य र इवागलुङ अनलाईनका सम्वाददाता रामशरण पोखरेललाई सम्मान गरिएको थियो ।
शिक्षक खडानन्द सापकोटाले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन शिक्षक विदुर सापकोटाले गरेका थिए ।