बागलुङ २०७६ पुस १९ । एक जमाना थियो झोलुंगे पुल भन्यो कि बागलुङ जिल्ला भनेर चिनिन्थ्यो । पछिल्लो समय सहकारीको नाम आयोकि बागलुङ जिल्ला भने फरक नपर्ने भएको छ । बागलुङ जिल्लाका पालिकाहरुका वडा वडाहरुमा सहकारी संस्थाहरु खुलेका छन् र खुल्ने क्रम जारी छ ।
बागलुङ जिल्लामा सन्चालनमा रहेका केहि चर्चित सहकारी संस्थाहरु मध्य ईमेज बचत तथा ऋण सहकारी संस्था लि पनि एक हो । केहि वर्ष पहिले यस सहकारी संस्थाको बागलुङ सदरमुकाममा रहेका प्रधान कार्यालयमा बम जस्तो देखिने शंकाष्पद बस्तु राखिएपछी यो संस्था थप चर्चामा आयो । यस्को केहि समय पश्चात ईमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली, ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछी ईमेज सहकारी ईमेज नबढ्ने कुरै भएन । आज यसै ईमेज बचत तथा ऋण सहकारीको सातौँ साधारण सभा छ । संस्थाको छैठौँ साधारण सभा गत २०७५ साल पुस ७ गते बागलुङमा भएको थियो ।
शुक्रबार सो सहकारी संस्थाका एक जना शेयर सदस्यलाई आजको साधारण सभामा हुने छलफलका विषयहरु के के हुन् ? विशेष प्रस्तावहरु के छन ? र अन्य कुन कुन विषयमा छलफल हुन्छ ? साधारण सभाको उद्घाटन को प्रमुख अतिथीबाट हुँदैछ …साधारण सभाको बैठक आज बोलाउने सन्चालक समितिको कुन मितिको बैठकले निर्णाय गरेको रहेछ ? संस्थाको अधिवेशन कहिले भएको थियो ? सस्थाको पदाधिकारी को को हुनुहुन्छ ? आदि बारे जिज्ञासा राख्दा उनले साधारण सभाको निम्तोपत्र देखाउदै यस संवन्धमा अन्य कुनै जानकारी नभएको बताए ।
यस सम्वन्धमा हिँजो दिउँसो नै जानकारी लिन सहकारी संस्थामा ०६८-५२२८३५ मा फोन सम्पर्क गरी प्रवन्धक शक्ति चर्मकार हुनुहुन्छ भनी सोध्दा एक जना महिला स्टाफबाट ‘हुनुहुन्छ’ भन्ने जवाफ आयो । ‘उहाँलाई फोन दिनुस्न …’ भनेपछी ‘तपाई को ?’ भन्ने थप प्रश्न आयो । म फलानो भनेपछी केहि सेकेण्डमै जवाफ आयो, ‘उहाँ त हुनुहुन्न … ।’
आजको साधारण सभाको चाँजो पाँजो मिलाउनु पर्ने, प्रवन्धक चर्मकारलाई कुरागर्ने फुर्सद नहुन सक्छ । तर अन्य सहकारी संस्थाहरुले जस्तै सन्चालक समितिको कुन मितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो र छलफलका विषयहरु के के हुन ? भन्ने शेयर सदस्यहरुलाई जानकारी दिन कन्जुसाँई गर्न त नहुने हो । बागलुङमा सहकारी संस्थाको विधिवत साधारणसभा वा अधिवेशन नै नगरी रातारात मुखपत्र निकालेर अधिवेशन सम्पन्न भयो भनी झुटको खेती गर्नेहरु पनि नभएका होईनन् । नगरप्रमुख नेपाली जस्तो निष्कपट व्यक्तित्वको नेतृत्वमा सन्चालित सहकारी संस्थामा आसेपासेहरुबाट कतै कपटपूर्ण काम त भैरहेको छैन ? नगरप्रमुख नेपालीका लागी सोँचनीय विषय बनेको छ ।
सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसै मार्फत उत्पादन र रोजगार बढाउन सांसद सापकोटाको आग्रह !