Sorry, that menu does not exist.
 

सहकारी संस्थाहरु पुराना साहुहरू जस्तो हुनु हुदैन : नगरप्रमुख सापकोटा

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ पुस १९ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले अहिलेका सहकारी संस्थाहरू पुराना साहुहरू जस्तो हुन नहुने बताएका छन् । नगरप्रमुख सापकोटाले वामीटक्सार स्थित परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिको चौँथो वार्षिक साधारण सभामा प्रमुख अतिथी आसनबाट बोल्दै यस्तो बताएका हुन् ।

नगरप्रमुख सापकोटाले मुसिकोट नगरपालिका भित्र रहेका पन्ध्र ओटा सहकारी संस्थाहरूले बैंकले भन्दा सस्तो ब्याज दरमा नगद लगानी गर्नु पर्ने बताए । उनले संस्थाको साधारण सभा भव्यरुपमा आयोजना गरेकोमा बधाई दिँदै द्वन्दको बेलामा मुसिकोट क्षेत्रमा बैकिङ सेवा नभएको समयमा बैकिङसेवा समेत गर्ने गरी यो संस्थाको स्थापना गरिएको स्मरण गराए । सापकोटाले राज्यले पनि गर्न नसकेको बिद्धुतिकरणको कार्य यसले गरेको भन्दै सबै सहकारीका सदस्यहरूको घरमा सुख र सम्बृध्दि ल्याऊन जरूरी रहेको बताए।

संबोधनको क्रममा नगर प्रमुख सापकोटाले परोपकार बहुऊध्देश्यीय सहकारी संस्था लि।को बैंकमा रहेको बचत पुजीलाई बैंकमा नराखी सदस्यहरूमा लगानी गर्न आग्रह गर्दै वामीटक्सार बजारमा यस संस्था मार्फत दैनिक बचत संकलन कार्य शुरू गर्न सुझाव दिए। सय गास खानेले एक गास कटौती गरेर उनान्नसय गास खानुस एक गास बचत गरौं भन्दै नगरप्रमुख सापकोटाले नियमित रूपमा बचत नगर्ने सदस्य सहकारीको सदस्य हुन सक्दैन भन्दै बचत गर्ने बानी बसालौ,यो सहकारीलाई दिगो गराऊन बचत बृध्दि गरौ भने।

साधारण सभामा प्रस्तुत संस्थाको आय ब्यय प्रतिबेदनको समिक्षा गर्दै बिधुतको आम्दानी हेरेर मात्रै बस्न हुदैन भन्दै उनले यस संस्थाको नाममा रहेको जग्गामा कृषि ऊपज सामाग्री संकलन स्थलको रूपमा बिकास गर्ने निर्णय गरेमा नगरपालिकाले सहकारीलाई २५ लाख सम्मको सहयोग गर्ने बताए ।

सहकारिको भवन निर्माण गर्नेहो भने फिप्टि फिप्टि अन्तर्गत आफुहरूले पच्चिस लाख सम्म सहयोग गर्ने सापकोटाको भनाई थियो । उनले भने सहकारी भनेको नाफामुलक भन्दा पनि सेवा मुलक ऊद्देश्यले अगाडि बड्नु पर्छ ।

संबोधनको क्रममा नगरप्रमुख सापकोटाले पॉच बर्ष भित्र आफुहरूले मुसिकोट नगरपालिका भित्र फोहोर ब्यबस्थापन, खरका छानाहरू ऊन्मुलन, एक घर एक धारा लगायत धेरै कामहरू सम्पन्न गर्ने बताए ।

एक फरक प्रसंगमा प्रमुख अतिथि सापकोटाले माघ१५ देखि२६गते सम्म आयोजना गरिएको मुसिकोट महोत्सबलाई भब्यताका साथ सफल पार्न समेत कार्यक्रममा उपस्थित सबै मुसिकोटबासीहरू संग आग्रह गरे।

सबै सहकारीहरूको तर्फ देखि लक्ष्मिनारायण महिला कृषि सहकारीको अध्यक्ष यमुना घिमिरे, गुल्मी मुसिकोट ऊधोग बाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्य, ऋन समितिका संयोजक अग्निधर लोहनीले शुभ कामना मन्तब्य राखेका थिए । लेखा प्रतिबेदन लिलाधर घिमिरेले र अध्यक्षको प्रतिबेदन अध्यक्ष प्रकाश काफ्लेले प्रस्तुत गरेका थिए । पन्ध्र जना ऊत्कृष्ठ असल नियमित बचत कर्ता र पन्ध्र जना ऊत्कृस्ट असल ऋणीहरूलाई पुरस्कार तथा प्रमाण पत्रले सम्मान गरिएको थियो।

नयॉ कार्य समिति निर्माणको लागि अग्निधर लोहनी, रामकृस्ण कंडेल र नन्दराम सापकोटा रहेको तिन सदस्यीय निर्बाचन मन्डल गठन गरिएको छ। उक्त निर्बाचन मन्डलले निर्बाचन सम्बन्धि सम्पूर्ण प्रकृयाहरू पुरा गरेको थियो। साधारण सभाले गोपिकृष्ण खरेलको अध्यक्षतामा पन्ध्र सदस्यीय नयॉ कार्य समितिको चयन गरेको छ।यसै गरि साधारण सभाले लेखा, शिक्षा र रिण लगानी समितिको पनि निर्माण गरेको छ।

सहकारीका अध्यक्ष प्रकाश काफ्लेको सभाध्यक्षता,सचिब नारायण सापकोटाको स्वागत मन्तब्य र गोपिकृस्ण खरेलको सन्चालनमा साधारण सभाको कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !