Sorry, that menu does not exist.
 

ईमेज सहकारीको साधारण सभा सम्पन्न : सहकारी नेपाली अर्थतन्त्रको तेश्रो मेरुदण्ड – डा पाठक

बागलुङ २०७६ पुस १९ । ईमेज बचत तथा ऋण सहकारीको सातौँ साधारण सभा आज सम्पन्न भएको छ । दिगो बिकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नारा साथ सन्चालित ईमेज सहकारीको सातौँ साधारण सभाको प्रतिनिधी सभा सदस्य डा सूर्य पाठकले उद्घाटन गर्दै सहकारी नेपालको अर्थतन्त्रको तेश्रो मेरुदण्ड भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका अध्यक्ष देब कुमार नेपाली संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक बर्ष २०७५।२०७६ असारसम्म ८३ करोडको ५२ हजार ६ सय ८१ रूपैयाँको कारोवार गरेको जानकारी दिए । उनले ईमेज सहकारीलाई नाफामुखी भन्दा सेवामुखी बनाउने तर्फ उन्मुख हुने बताए ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने झण्डै सय जना सहकारी शेयर सदस्यहरुलाई प्रशंसा पत्रव्दारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नेपालीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सल्लाहाकार धन नेपालीको स्वागत तथा सन्चारकर्मी योगेन्द्र विश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !