छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस २० । ढोरपाटन नगरपालिका ८ बोबाङमा एक झलुङगे पुलको डिपिआर सर्वे आज सम्पन्न भएको छ । बृजडिभिजन कार्यालय अन्तर्गत स्पन्ेशन इन्जिनीयरीङ सर्भिस कम्पनीले पुल निर्माण हुने क्षेत्रको अध्ययन पुरा गरेको हो । स्थानीयको मागका आधारमा नेपाली काँग्रेसका क्षेत्रीय समाभगी दोर्णकुमार कुवरको पहलमा उक्त पुलको सर्वे भएको स्थानीय कल्याण कायतले बताए । पुल बोबाङ स्थित नौघरटोल देखि वडा नं.८ कै अर्जला टोलसम्म जोड्ने गरी २ सय ३७ मिटर लम्बाई ६० मिटर उचाईमा बन्ने भएको इन्जिनीयर हेमराज शर्माले बताए ।
उक्त पुल निर्माणका निम्ती आईतबार ढोरपाटन नगरपालिका ८ का वडा अध्यक्ष नन्दे सुनारको अध्यक्षता, स्थानीय समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधी, स्थानीयबासी लागएतको सहभागितामा पुलको सर्वे डिजाईन सँगै निर्माण हुने स्थलको टुँगो लगाइएका कारण आर्थिक बर्ष २)७७÷७८ मा निर्माण हुने गरी काम अगाडी बढेको सभापति कुवरले बताए । बोबाङ सहित तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका र गल्कोट नगरपालिका गरी विभिन्न ५ वटा झलुङ्गे पुलको सर्वे भइरहेको कुवँरले जानकारी दिए ।
बोबाङको नौघरटोल देखी अर्जला जोड्ने झलुङगे पुलको डिपिआर सर्वे सम्पन्न !
२०७६ पुष २०, आईतवार २२:३४
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०