Sorry, that menu does not exist.
 

ईन्द्रेणी क्लब खरुवाको माघ २ देखि ओखरबोटमा विविध कार्यक्रम !

गलकोट,२०७६ पुस २१ । इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गल्कोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गल्कोट नगरपालिका वडा नम्बर ४ मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।

खेलकुद आजको आवश्यकता ,विकृती र बिंसगती विरुद्ध युवाको एकता भन्ने नारा लिएर स्थापित क्लबले बागलुङको प्रचलित साविक वडा स्तरीय पुरुष भलिबल ,रस्साकस्सी ,बक्तृत्वकला ,रत्यौली प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्काले बताए ।

युवाहरूलाई एकताबद्ध गरेर समाज विकासमा आवद्ध गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्कब गठन गरि पहिलो वार्षिकोत्सब मनाउन अध्यक्ष खड्काको भनाई छ । आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको उनले बताए ।

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको र हालसम्म शुभेच्छुकबाट रु ७ लाख बढी संकलन भएको कोषाध्यक्ष राम खत्रीले बताए ।

्स्वदेश र विदेशमा कार्यक्रम संचालनको लागि ४ लाख खर्च हुने र बांकी रकमबाट क्लबको कोष संचालन र समाज विकासमा खर्च गर्ने खत्रीले बताए । कार्यक्रममा चर्चित कलाकार हरि सुनार ,रेशम निर्दोष ,रिना केसी र संगितप्रेमी रिमा बस्नेत लगाएतका स्थानीय कलाकारको सास्कृतिक प्रस्तुति रहने सचीव धुर्व सुबेदीले जानकारी दिए ।

कार्यक्रम खरुवा माध्यमिक विद्यालय ओखरबोटमा संचालन गरिने उनले बताए । विद्यालयको जाडो बिदा पारेर पठनपाठनलाई असर नपुग्ने गरि कार्यक्रम आयोजना गरेको उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !