Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्ग बागलुङ-बुर्तिवाङ खण्डको भाडा समायोजन : यस्तोछ, नयाँ निर्धारित भाडा दर !

कुुसुुम थिङ, बागलुङ २०७६ पुस २१ । प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लुकबहादुर क्षेत्रीको अध्यक्षता बसेको बैठकले मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डको ९१ किमि सडको सवारी भाडा समायोजन गर्ने निर्णय गरेको छ । आजको बैठकले निर्णय अनुसार अब बागलुङ बुर्तिवाड खण्डको जीप र बसको सवारी भाडा निर्धारण गरेको हो ।

जिल्लाबासीको मागलाई मध्यनजर गरी यस खण्डमा सन्चालन हुने सवारी साधनहरुको भाडा समायोजनका लागी सबै अध्ययन गरी प्रतिवेदन पेश गर्न २०७६ भदौ २९ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा यातायात व्यवस्थापन समितिको बैठकले सवारी भाडा समायोजन सम्वन्धमा अध्ययन गरी प्रतिेवेदन पेशगर्न यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुखको संयोवकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदनमाथी आजको बैठकले छलफल गरी बागलुङ बुर्तिवाङ जीपको भाडा रु ५८३।५० र बसको भाडा रु ४९२ ।५० भाडा निर्धारण गरेको हो ।

बैठकले बागलुङ देखी बिहुँ सम्म २५ किमि सडक कच्ची ग्राबेल भएकाले जीपको भाडा १८७ रुपयाँ ५० पैसा (प्रति किमि रु ७।५०) बसको भाडा १६२ रुपयाँ ५० पैसा (प्रति किमि रु ६।५०) कायम गरेको छ भने बिहुँको घोँडाबाँधे देखि बुर्तिवाङ सम्म ६६ किमी पक्की सडक भएपनि बीचबीचमा सडक पुरा नभएकोले जीपको प्रति किमि रु ६। ले रु ३९६। तथा बसको प्रति किमि रु ५ ले रु ३३०। भाडादर तोकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !