रामशरण पोखरेल, पोखरा २०७६ पुस २६ । पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनि बिमक समितीका केन्द्रिय अध्यक्ष राजेन्द्र अमात्यले सबै बिमा कम्पनीको प्रिमियम रकम र बोनस दर समान कायम गरिनुपर्ने र यसको लागि देशभरका सबै अभिकर्ता एकजुट हुनुपर्ने बताएका छन् ।
पेशागत बिमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिमक समिती पोखरा शाखाले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा बोल्दै अमात्यले अभिकर्ता बिना बिमा कम्पनी नाफामुलक हुन नसक्ने जिकिर समेत गरे । उनले सबै कम्पनिले समान दरले बोनस दिन नसक्ने हो भने कम्पनी मर्ज गर्नुपर्ने बताए ।
कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स बिमक समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले समितिको उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स पोझरा शाखाका अध्यक्ष तारा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाका प्रमुख कुशलसिंह थापा, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स बिमक समितिका केन्द्रिय सदस्य नेत्र ढकाल, सल्लाहकार प्रबिण पोखरेल, बागलुङका उपाध्यक्ष घनस्याम रिजाल, गोर्खा अध्यक्ष मिना श्रेष्ठ, सहभागीको तर्फबाट चित्रनाथ शर्मा लगायतले बोलेका थिए।
कार्यक्रममा संघका पोखरा शाखा उपाध्यक्ष मन्जु कोइरालाले स्वागत तथा सन्चालन सचीव दामोदर सापकोटाले गरेका थिए ।