छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस २६ । तमानखोला गाउँपालिकाको आयोजनामा शनिबार बस्तुगत विवरण सार्वजनिकरण तथा आवधिक योजना निर्माण सम्बन्धमा परामर्श एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभासदस्य खिमविक्रम शाहीले बोल्दै जनताको आवश्यकताका आधारमा योजना छनौट गर्नु महत्वपूर्ण विषय भएको बताए ।
उनले जनताको आवश्यकताका आधारमा दीर्घकालीन योजनाको छनौट गर्नुपर्ने बताए र्। विगतमा पहुँच र बलका आधारमा योजना पार्ने गरीएको स्मरण गर्दे शाहीले अवका दिनमा त्यसो नहुने बताउँदै जनतालाई हरेक क्षेत्रबाट कसरी सुविधा दिन सकिन्छ भन्ने बिषयमा पुर्व अध्ययन गरेर मात्र दीर्घकालीन योजनाको छनौट गरेर मात्र विकास हुने बताए । विकास निर्माणका योजना छनौट गर्दे गर्दा पालिकाका सबै भुभागमा बस्ने जनतालाई समान रुपमा हेरेर आवश्यकताको आधारमा योजना छनौट गर्नुपर्नेमा उनको जोड थियो ।
तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाकोे विकास र समृद्धिका निम्ती आफु समेत तयार रहेको बताउँदै प्रदेशबाट हुने विकास निर्माणमा आफुले जनताको आवश्यकतालाई सक्दो सम्बोधन गर्ने बताए ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै आफनो पालिकालाई दिगो विकास लक्ष्य अनुसार अगाडी बढाउने उदेश्य सहित कार्यक्रमको आयोजना गरीएको र यस्तो कार्यक्रमले आफुहरुलाई जनताको विचमा काम गर्न थप सहज हुने बताए । उनले जनताका समस्या समाधान गर्न र अति आवस्यकताको आधारमा विकासका पुर्वाधार, रोजगार, उद्यम विकास, कृर्षि ,प्रर्यटन, शिक्षा जस्ता विकासका अति महत्वपूर्ण सुचकलाई प्रभाबकारी रुपले अगाडी बढाउनका निम्ती आवधिक योजनाको निर्माण आवस्यक रहेको हुँदा आफुहरुले प्रदेश सरकार र विल्ड नेपाल सँगको सहकार्य र विभिन्न बौद्धिक क्षेत्रका व्याक्तित्वहरुको सहयोगमा गाउँपालिकाको बस्तुगत विवरण प्रोफाईल तयार पारिएको र त्यसैका आधारमा रहेर आवधिक पञ्चबर्षिय योजना मार्फत अगाडी बढिने बताए ।
कार्यक्रममा प्रदेश योजना आयोगका प्रमुख भिमा ढुँगानाले कार्यक्रमको सहजिकरण गर्दै आवधिक योजना र त्यसबाट विकासमा हुने फाईदा, जनताको सुविधाका निम्ती आवस्यक विकासका सुचक, पालिकामा विकास गर्नका निम्ती आवस्यक रणनिती र कार्यनिती, विस्तृत कार्यक्रमको नमुना र जनप्रतिनिधी र जनताको विचमा छलफल र योजनाको छनौट लगाएतका विषयमाथि प्रकाश पारेको बताईएको छ । प्रदेश सरकारले समेत आवधि योजना लिएर अगाडी बढिरहेका कारण प्रदेश, स्थानीय सरकार मिले उक्त योजना अनुसार काम गर्न सकेको खण्डमा विकास र समृद्धिले चाँडो गति लिने उनको भनाई थियो । दिगो विकास योजना अनुसार आवधिक योजना छनौटले मात्र जनताको आवस्यकता परिपुर्ति गर्ने भएका कारण त्यसको डिजाईनमा लाग्न गाउँपालिकालाई उनको आग्रह थियो ।
उता गाउँपालिकाले आफनो पालिकाको बस्तुगत विवरण समेत तयार पारिसकेको छ । उक्त विवरणका आधारमा आवधिक योजना छनौट गरेर अवका दिनमा अगाडी बद्ने लक्ष्य लिएको हो ।
कार्यक्रममा विल्ड नेपालका उपाध्यक्ष दिलिप खड्काले आफुले तयार पारेको वस्तुगत विवरण र अका दिनमा तयार पारिने आवधिक योजनाका बिषयमा बोलेका थिए ।
त्यस्तै तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन, लगाएतको मन्तव्य रहेको थियो । कार्यक्रमकै अवसरमा तमानखोला गाउँपालिकाका नवान्तुक प्रमुख प्रशासीकय अधिकृत प्रभात लामिछाने र गाउँपालिकाका प्राविधिक उमेश अर्याललाई स्वागत गर्नुका साथै प्रमख अतिथी र विशिष्ठ अतिथीलाई मायाको चिनोद्धारा सम्मान गरीएको थियो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधी, विभिन्न सँघसँस्थाका प्रतिनिधी, पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमको सञ्चालमा सम्पन्न भएको थियो ।