कमल पौडेल, खर्बाङ (बागलुङ) २०७६ पुस २७ । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडीगाड गाउँपालिका २ खर्वाङ, बागलुङको २३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सहकारीहरुलाई उत्पादन सँग जोडिएर रोजगारी वृद्धिमा लाग्न अनुरोध गरेका छन् । प्रमुख ढुंगानाले सहकारीहरुलाई स्थानिय सरकार संग समन्वय र साझेदारीमा काम गर्न समेत सुझाएका छन् ।
उनले कतिपय सहकारी बैंक र कम्पनिको रुपमा काम गरिरहेको भन्दै सहकारीले सहकारीको मुल्य र मान्यता विर्सन नहुने स्पष्ट पारे । अहिले सहकारी आन्दोलन व्यवस्थित भएको भन्दै ढुंगानाले सरकारले सहकारीलाई चुनौति दिएको बताए । राज्यले ३ खम्बे अर्थनीति अंगिकार गरेको भन्दै सहकारीहरु सरकारीतह भन्दा पनि पारदर्शि भएको उनको भनाई थियो ।
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था जिल्लाकै अब्बल सहकारी भएको भन्दै दगातुन्डाडाका सहकारीहरु एकीकरण अभियानमा लागेकोमा ढुंगानाले खुसी व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले सहकारी एकिकरण गर्ने अभियान चलाइने बताए भने कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, खड्कदेवी माविका प्रधानाध्यापक वेद प्रसाद पोखरेल, दिदीवहिनी वचत तथा ऋण सहकारी संस्थाका सचिव विना थापा, लेखा समिति सदस्य महलाल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष होमनाथ अर्यालले भावी कार्यक्रम सहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगिश्वर अर्यालले १४ करोड ५८ लाख ४१ हजार ३ सय ४९ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका १४ सय शेयर सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड १६ लाख २५ हजार १ सय रहेको छ। १० करोड ६२ लाख लगानी गरेको सहकारीमा १० करोड ३० लाख वचत रहेको छ ।
सहकारीले साधारण सभाको अवसरमा कक्षा १२ मा सामुदायीक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छोराछोरी मध्ये खड्कदेवी माविका वेद प्रसाद पोखरेल र त्रिभुवन नमुना माविका विष्णु खत्री तथा दुवै विद्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उद्यमी लालमणि बन, विमला पल्ली, जेष्ठ सदस्य तेज बहादुर सलामी, गोमा राना, सहकारीका पूर्व अध्यक्ष विष्णु प्रसाद खरेल, नवनिर्वाचित वडा अध्यक्ष ढाल प्रसाद शेरचनलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थालाई अब्बल बनाउन प्रयत्नरत रहेको भन्दै प्रवन्धक दुर्गा अर्याल, कम्प्यूटर अपरेटर फारम थापा, कर्मचारी मनकुमारी घिमिरे, भगवति अर्याललाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष विष्णु प्रसाद भुसालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो। सभाले विषय र प्रकृति मिल्ने सहकारीहरु संग एकिकरण गर्न अध्यक्ष होमनाथ अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ ।
नव प्रतिभा सहकारीको वार्षिक साधारणसभा : सहकारीलाई बैंक र कम्पनिको रुपमा काम नगर्न प्रमुख ढुंगानाको आग्रह !
२०७६ पुष २७, आईतवार ०४:३१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २२, मंगलवार १०:१४
बडिगाडका ५ स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
२०७८ असार २२, मंगलवार १०:०५