Sorry, that menu does not exist.
 

केन्द्रिय विद्युत प्रशारण लाईन विस्तारमा ढिलाई हुँदा नमुना शहर बुर्तिवाङमा विद्युत समस्या !

छविलाल पाण्डे बागलुङ २०७६ माघ ८ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने १० नमुना शहरमध्ये बागलुङको बुर्तिबाङ शहरमा समयमै केन्द्रिय विद्युत प्रसारण लाईन नजोडिँदा बजारमा विद्युत अभाब भएको छ । गतबर्ष असार मसान्तमा केन्द्रिय विद्युत प्रसारण लाईन सञ्चालन हुने भनिएपनी हालसम्म सञ्चानलनमा नआउँदा केन्द्रिय विद्युत प्रयोग गर्ने आशामा बसेका सेवाग्राही निराश बनेका छन् ।

२०७५ सालदेखि जिल्लाको रिघा मनेवा हुँदै बुर्तिबाङ बजार सम्म केन्द्रिय विद्युत प्रसारण लाईनको तार तान्ने काम तिव्र गतिमा नभएका कारण विद्युत सञ्चालन हुन अझै केहि महिना लाग्ने देखिएको हो । ४ मेगावाट विद्युत बुर्तिबाङ बजार सम्म भित्राउने गरी काम थालिएको १ बर्ष पुगिसक्दा समेत अझै अस्तब्यस्त बनेका पोल र तार व्यवस्थापन सँगै ट्रान्समिटर जडान तथा उपभोक्ताको घरमा मिटर जडानको काम बाँकी छ । यस बिषयमा केन्द्रिय विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख एवं इन्जिनीयर शिव नारायण गोशली सँग बुझ्दा यहि फागुन मसान्त सम्म विद्युत सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । विद्युत ब्यस्थापनका निम्ती मनेवा देखि बुर्तिबाङ सम्म विभिन्न स्थानमा गरी ६ वटा ट्रान्सफर्मर राख्नुपर्ने भएका कारण त्यसको टेण्डर भई जयकाली भगवती कम्पनीले जिम्मा पाएको र अव ट्रान्सफर्मर जडान पश्चात मुख्य लाईनको पोल र तार ब्यबस्थापन गरी सम्बन्धित उपभोक्तको घरमा मिटर जडानको काम सुरु हुने गोशलीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा पोल गाड्ने र तार तान्ने काम वाईबा कन्ट्रक्सनले जिम्मा पाएको छ । त्यस्तै बजारमा ९ मिटरका पोल गाड्ने र कालो तार टाँङने काम मञ्जुल कन्ट्रक्सनले पाएको छ । हाल बजार क्षेत्रमा पोल गाडिसकेर तार समेत टाँगिएको छ । ढोरपाटन नगरपालिकाको वडा नं.२ को सेरा, तारिखेत र कुत्थाप्लामा समेत पोल गाड्ने काम भइरहेको छ । फागुन मसान्त सम्म विधुत बाल्ने गरी भइरहेका कारण कारण विद्युत सञ्चालमा आउन अब धेरै समय नलाग्ने इन्जिनियर गोशलिको भनाई छ ।

अघिल्लो बर्षनै रिघा मनेवा देखि बुर्तिबाङ सम्म विधुत तार लिइसकेको अवस्थामा विभिन्न स्थानमा गएको पहिरोका कारण तार चुँडिने, पोल ढल्ने समस्या थियो । पहिरो गएको स्थान बाहेक लोकमार्गका अन्य स्थानमा गाडिएका पोल समेत ढलेर लम्पसार अवस्थामा छन् । यता बजार क्षेत्रमा पोल गाडेर कालो तार समेत झुण्ड्याइएको छ तर विद्युत कहिले बल्ने भन्नेमा बजार बासी अन्यौलमा छन् । बजारमा दिनप्रतिदिन जनघनत्व बृद्धि भइरहेको छ । स्थानीय जघुजलविधुतले माग थेग्न नसक्दा सानातिना उद्योेग , ग्रिल सञ्चालनमा समेत समस्या भइरहेको हो । बजारमा विद्युतको चरम अभाब र विद्युत जडानमा ब्रमाहलुट भइरहेको अवस्थामा ३ बर्ष पहिले रिठाखोला लघुजलविधुत आयोजनाको विद्युत भित्राएपछि केहि हदसम्म विद्युत समस्या समाधान भएपनी आवश्यक मात्रामा विद्युत सेवा अपुग देखिएको हो । हालपनी आरसिसि माईक्रोहाइड्रो विद्युत उपयोग गरीरहेका ग्राहकले प्रति युनिट रु १५ रुपैयाँ र प्रति घर एक युनिट मात्रै विद्युत उपभोग भएपनी मासिक एकसय पचास रुपैयाँ तिर्न बाध्य छन् । केन्द्रिय विद्युत आयोजना रिघा मनेवा हुँदै वडिगाड गाउँपाकिलाको खर्वाङ, खाल, खार, भिमगिठे हुँदै बुर्तिबाङ बजार तथा आसपासका क्षेत्रमा पुर्याइने प्रमुख गोशलीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !