देशमै वसेर केही गर्छु भन्ने यो रहरले खाएको हो ।
मलाई प्रदेशी हुन मन नलाग्ने ठहरले खाएको हो ।।
खाने हरुले त सजिलै देश नै खाएर हिँडेका छन् ।
आमा, छोरालाई धेरै सानो शहरले खाएको हो ।।
घर गोठ आगन मालिकले ज्यू ज्यान दीर्घ रोगले ।
तल्लो खेत वाटोले पल्लो वारी नहरले खाएको हो ।।
डाक्टर, पाईलट वन्न नसकेकोे म यता हराएर हो ।
गजलको रदिफ काफिया सँगै वहरले खाएको हो ।।
हाँस्दै जानेहरु मन चोरी मुटु खाएर गए पछाडी ।
घायललाई पीडा आँसु शरावी जहरले खाएको हो ।।
एन.पि.घायल
कुस्मा पर्वत