Sorry, that menu does not exist.
 

हाजिरी जबाफ प्रतियोगितामा सहभागि नहुने बिद्यालयहरूको लिखित स्पस्टिकरण लिईने !

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ माघ १० । नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा सहभागि नहुने बिधालयहरूलाई मुसिकोट नगरपालिका ,शिक्षा शाखा मार्फत लिखित स्पस्टिकरण लिईने श्रोत ब्यक्ति देबिराम शर्माले बताएका छन् । वामीटक्सारमा आयोजित नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा समापन मन्तब्य राख्दै श्रोत ब्यक्ति शर्माले उक्त कुरा बताएका हुन् ।

मुसिकोट नगरपालिका शिक्षा शाखाको बार्षिक कार्यक्रम अन्तरगत आयोजित हाजिरी जबाफ प्रतियोगितामा बिभिन्न बाहना बनाई नगरपालिका भित्रका केहि बिधालयहरू अनुपस्थित रहनु दुखद रहेको बताऊदै आगामी कार्यक्रमहरूमा यस्तो अबस्था आऊन नदिईने समेत श्रोत ब्यक्ति शर्माले बर्ताए ।

समय समयमा नगर भित्र अध्यनरत बिधार्थीहरू बिच प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना हुन जरूरी रहेको बताऊदै यसले सबैको भलो हुने कार्यक्रम संयोजक चुराबहादुर छन्तेलले बताए। छन्तेलले भने, अगाडि ुप्रतिस्पर्धात्मक कार्यक्रमहरूले बिधार्थीहरूमा अध्ययन गर्ने बानीको बिकास हुन्छ।

नगरपालिका भित्रका २७ बिधालयहरू मध्ये १४ बिधालयको सहभागिता रहेको कार्यक्रममा सरस्वती नि मा बि दॉसिकोट गुल्मीले प्रथम स्थान प्राप्त गयो । यसैगरी शिब संकर माबि आपचौर तल्लाफॉट द्वितिय, जनज्योती मा बि अरेवा तृतिय र शारदा बिद्यामन्दिर मा बि वामी मैदान र त्रिभुवन मा बि कुर्घाले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने बिधालयहरूलाई क्रमश ४५००र, ३६००र, ३०००र र १५००र नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रत्येक बिधालयबाट तिन जना बिधार्थीहरूको सहभागिता मध्ये एक छात्रा सहभागी अनिबार्य गरिएको थियो। कार्यक्रममा मुसिकोट नगरपालिका निमित्त मुख्य प्रशासनिक अधिकारी प्रकाश घिमिरे, नेपाल शिक्षक महासंघ गुल्मी सहसचिब रामकृस्ण कंडेल, सुचना अधिकृत समुन्द्र बिक्रम रायमाझी, बिभिन्न बिधायका प्रधानाध्यापकहरूको बिशेष उपस्थिती रहेको थियो। हाजिरी जबाफ कार्यक्रम शिक्षा शाखा प्रमुख देबिराम सर्माको अध्यक्षता,कार्यक्रम संयोजक चुराबहादुर छन्तेलको स्वागत मन्तब्य र वार्डनं७का कम्प्यूटर अपरेटर गोबिन्द कंडेलको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !