भरत सापकोटा बागलुङ २०७६ माघ ११ । काठेखोला गाउपालिका १ मा रहेको ग्रीन डेभलपमेन्ट बैंक अक्षेते शाखाले बैक खाता खोलौ भन्ने घरदैलो अभियान एवं वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
काठेखोला गाउपालिका कै वडा न ६ बिहुँ इनारपानीमा बैंक खाता खोलौ भनि घरदैले अभियान सम्पन्न गरेको शाखा प्रबन्धक आन्नद रेग्मीले जानकारी दिए। सो अवसरमा ईनारपानि बिहुँ का १०जना को बैक खाता संमेत खोलिएको उनले बताए। सोहि अवसर मा भिमसेन माध्यमिक बिध्यालय बिहुँमा बित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै बैकंमा मै खाता किन खोल्नु पर्मे बैंक कै माध्यमबाट कारोबार किन गर्ने ? बितिय कारेबार बाटै भबिष्यका योजना तथा लगानी कसरी सुरक्षित बनाउने, सुरक्षित बचत कसरी गर्ने, कर्जा तथा बित्तिय बिप्रेषणबाट प्राप्त रकमको लगानी कसरी गर्ने, पारिवारिक बजेट तथा योजना कसरीगर्ने ,बढ्दो जोखिमलाई कसरी न्युनिकरण गर्ने़जस्ता बितिय बिषयमा समेत शाखा प्रबन्धक रेग्मीले सहजिकरण गरेका थिए।
सो साक्षरता कार्यक्रममा भिमसेन माध्यमिक बिद्यालयका शिक्षक ,कर्मचारी तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा बित्तिय साक्षरता सम्बन्धि छलफल पनि गराईएको थियो ।