Sorry, that menu does not exist.
 

मिलन व्यवसायिक कृषि सहकारी संस्था, खर्वाङको नवौँ वार्षिक साधारणसभा सम्पन्न !

देउमया राना, खर्वाङ २०७६ माघ १२ । मिलन व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड बडीगाड गाउँपालिका २ खर्वाङ, बागलुङको नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुसालले सहकारीको लक्ष्य र उद्देश्य प्राप्तिका लागि कृषि क्षेत्रको ब्यबसायिक कार्यमा पुँजी परिचालन गर्नु पर्ने बताए । उनले सहकारीको कार्यक्षेत्र भित्र ब्यबसायिक कृषि पकेट क्षेत्रको योजना बनाएर अगाडि बढेमा साधारण कृषकहरुको लागि सहकारी एउटा सारथी हुन सक्ने बताए। सहकारीहरुलाई उत्पादन सँग जोडिएर रोजगारी वृद्धिमा लाग्न अनुरोध गर्दै सहकारीले सहकारीको मुल्य र मान्यता विर्सन नहुने स्पष्ट पारे ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं २ का अध्यक्ष ढाल प्रसाद शेरचन, गुल्मी जिल्ला सहकारी संघका सदस्य तथा परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि वामीका अध्यक्ष गोपिकृष्ण खरेल ,नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल , त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी , लेखा समिति सदस्य महलाल पौडेल , वडा सदस्य हिमा खराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष दिन बहादुर के सीले भावी कार्यक्रम सहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम जीसीले करिब डेढ करोड बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बागलुङ जिल्लाको सहकारी अभियान हेर्दा बचत तथा ऋण सहकारी संस्था प्रशस्त देखिए पनि पश्चिम बागलुङको यो सहकारी पहिलो ब्यबसायिक कृषि सहकारी हो। २५ जना शेयर सदस्यको २६ हजार शेयर पुँजी बाट सुरु भएको सहकारीमा अहिले सम्म ५३७ जना शेयर सदस्य रहेका छन्। संस्थाको ४० लाख १७ हजार शेयर पुँजी पुगेको छ भने ७६ लाख १ हजार ४४८ बचत रहेको छ।

सहकारीले साधारण सभाको अवसरमा कृषि ब्यबसायमा उत्कृष्ट कृषकहरु बाख्रा पालन व्यबसाय गर्ने शेयर सदस्य बडीगाड गा पा वडा न १ का धर्मराज वन र मौरी पालन ब्यबसाय गर्ने बडिगाड गा पा वडा न १ का बेल बहादुर थापालाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख भुसाललाई संस्थाको तर्फबाट मायाको चिनो तथा नवनिर्वाचित वडा अध्यक्ष ढाल प्रसाद शेरचनलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रम अध्यक्ष दिन बहादुर के सी को अध्यक्षता, उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव जिव बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !