रामकृष्ण कंडेल, वामीटक्सार २०७६ माघ १२ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सघं गुल्मीको आयोजनामा माघ १५ गते देखी सुरु हुने प्रथम गुल्मी मुसिकोट पर्यटन सांस्कृति औद्योगिक एवं व्यापार महोत्सव २०७६ को प्रचार प्रसार एवं तयारी तीब्र पारिएको छ । यति बेला वामीटक्सार बजारमा महोत्सवको चहल पहल सुरु भएको छ ।गुल्मी मुसिकोट महोत्सवको ऊद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने मुसिकोट नगरपालिकाले जनाएको छ । अध्यक्ष तिमिल्सिना द्वारा उदघाटन गराऊने नगरपालिकाले सर्बसम्मत निर्णय गरेको मुनपा-७ का अध्यक्ष प्रकाश काफ्लेले बताए । महोत्सव उद्घाटनको लागि प्रमुख अतिथिको रूपमा अध्यक्ष तिमिल्सिनाले आफु माघ १५ गते वामीटक्सार आउने सहमति जनाएकोले अन्यौल हटिसकेको जानकारी दिँदै वडा अध्यक्ष काफ्लेले अब कामको गति बढ्ने बताए ।
यो पनि पढाँ :मुसिकोटको पर्यटन, धार्मिक स्थलको विकास सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण
मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०७६ आयोजना गरिएको छ। पहिलो पटक आयोजना हुन लागेको महोत्सवले मुसिकोट नगरपालिकाको पर्यटन विकास, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महत्वपूर्ण हुने बिश्वास लिईएको छ। महोत्सवमा रु ५ करोडको कारोवार र ७० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवका अध्यक्ष सुदर्शन शाक्यले बताए ।