भरत प्रसाद सापकोटा, बागलुङ २०७६ माघ १३ । काँठेखोला गाउँपालिका वाड ५ बिहुँकोटमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल त्रिपुरेश्वर महादेव बिहुँ (रामकोट) मन्दिर संचालक समितिले आउदै गरेको महाशिवरात्रि पर्वको अवसर खु्ल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता आयोजना गर्ने भएको छ।
हिजो मन्दिर ब्यबस्थापन समितिले आयोजना गरेको बैठकमा यस्तो निर्णय गरिएको संचालक समितिका उपाध्यक्ष गौरिशंकर शर्मा सुबेदीले जानकारी दिए। सुवेदीले दिईएको जानकारी अनुसार प्रतियोगिता एकदिने हुने र क्रमस प्रथम द्धितिय तृतिय र सान्तवना पुरस्कार रु ५१,०००,३१,०००,२१,०००,११,०००रहने समेत उनले जानकारी दिए ।
धार्मिक र पर्यटकीय रुपमा बिकास हुन नसकेर ओझेलमा परेको यस तिर्थ स्थलाई प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन सकिने उदेश्यले खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता आयोजना गर्न लागिएको सहसचिब ग्याम कडेलले बताए।उनले यसै सन्दर्भ मा माघ १९ गते गाउँपालिका प्रमुख लगाएत सबै वडा का वडा अध्यक्षहरु सहित बृहत छलफल गरेर कार्यक्रम को तयारी तिब्र रुपमा अघि बढाईने जानकारी दिए।
सो अवसरमा स्थानिय जनप्रतिनिधिको तर्फबाट वडा न ५ का वडा अध्यक्ष शिव प्रसाद कडेंलले पर्यटन बर्ष २०२०मा नेपाल सरकारले पर्यटकहरु भित्रायाउन राखेको लक्ष्य जुन छ देशका विभिन्नन क्षेत्र आएका पर्यटकहरुलाई यस धार्मिक क्षेत्रमा ल्याउन पनि यस्ता मेला पर्वले सहयोग गर्ने हुनाले धार्मिक पर्यटकहरु भित्रायाउन सकिने उनले बताए।
त्यस्तै सोहि प्रतियोगिता लाई तयारी गर्नको लागि बिभिन्न उपसमितिहरु संचालन गरि जिम्बेवारी तोकिएको प्रचार प्रसार संयोजक भरत सापकोटाले बताए।