छविलाल पाण्डे, बुर्तिवाङ २०७६ माघ १४ । ढोरपाटन बुर्तिबाङ यातायात सेवा प्रालिको आयोजनामा मँगलबार बुर्तिबाङमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । यातायातमा आवद्ध सवारी चालक, सवारी धनी, विभिन्न विद्यालयका विद्यार्थी र यातायात ब्यबसाहि समितीका पदादिकारीलाई लक्षित गर्दै ट्राफिक सचेतना कार्यक्रम गरिएको ढोरपाटन बुर्तिबाङ यातायात सेवा प्रालिका अध्यक्ष जितबहादुर कुवँरले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव पाठकले कार्यक्रमको सहजिकरण गर्दे सवारी चलाउँदा सवारी चालकले ध्यान दिनुपर्ने कुरा, पैदल यात्रुले सडकमा हिँद्दा ख्याल गर्नुपर्ने बिषय, दुर्घटना रोक्न सवारी चालक र यात्रुले खेल्नुपर्ने भुमिका तथा दुर्घटना गराउने चालकलाई हुने जरीवाना लगाएतका बिषयमा जानकारी .गराएका थिए ।
यातायात समितीका अध्यक्ष जितबहादुर कुवँरको अध्यक्षता आयोजित ट्राफिक सचेतना कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता, उपप्रमुख कर्मती पुन, उद्योग बाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, नेकपाका प्रतिनधि टँकप्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्का लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम समितीका सचिव राजु क्षेत्रीले सञ्चालन गरेका थिए ।