Sorry, that menu does not exist.
 

बरेङका ३५ वटा सामुदायिक बिद्यालयको प्रतिभा पहिचान सप्पन्न !

प्रकाश छन्त्याल, बरेङ २०७६ माघ १५ । बरेङ गाउँपलिका भरिका ३५ वटा सामुदायिक बिद्यालयको बिद्यार्थीहरुको पालिका स्तरीय प्रतिभा पहिचान आज सप्पन्न भएको छ । भृकुटी माध्यमिक बिद्यालय बरेङ गाउँपालिका हुग्दिशिर २ भृकुटीमा प्रतिभा पहिचानको प्राथमिक तह कक्षा १ देखी ३ सम्मको अनु लेखनमा ५५ जना बिद्यार्थी ,चित्रकला कक्षा ४ देखी कक्षा ५ सम्म का विद्यार्थी ४० जना, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थी १८ जना,कक्षा ९ देखि १२ सम्म का १४ जना विद्यार्थीहरुको सहभागी भएका थिए ।

सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँपालिकाले शिक्षाको लागी अन्तर निहित प्रतिभा प्रफुस्तन,पालिका भरिका ३५ सामुदायिक बिद्यालयको प्रतिभा पहिचान प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा ४ वटा बिद्यालय भने उपस्थित भएका थिएनन् । अनुपस्थित बिद्यालयहरु मध्ये टिमुरे घाट, धुल्लुबास्कोट,शिवालय, थप्लुङ, सरस्वती धाव र जन जागृति प्राथमिक बिद्यालय सल्यान रहेका छन ।

यो भन्दा पहिलो चरणमा पुस २९ गते आधारभुत बिधालयको कम्पुटरको पनि प्रतियोगिता गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !