Sorry, that menu does not exist.
 

अमर माबि बिहुँमा अन्तर आधारभूत तह स्तरीय रनिङ शील्ड हजिरीजवाफ प्रतियोगिता सम्पन्न !

दामोदर पाैडेल, बिहुँ २०७६ माघ १५ । अमर माध्यमिक विद्यालयकाे ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयाेजित अन्तर आधारभूत विद्यालय स्तरीय रनिङ सिल्ड प्रतियोगिता खाेलातिर आधारभूत विद्यालयले हात पारेको छ ।

काठेखाेला वडा नं ५ र ६ का आधारभूत तथा माध्यमिक तहका ८ विद्यालय सहभागी भएकाे साे प्रतियोगितामा दित्तीय करलिम आधाभूत विद्यालय र तृतीय भिमसेन माध्यमिक विद्यालय भएका छन ।

साे कार्यक्रममा प्रथम हुने समुहलाइ रनिङ सिल्ड, रू ५००० र प्रमाणपत्र , दित्तीय हुने समुहलाइ रू ४००० र प्रमाणपत्र र तृतीय हुने समुहलाई ३००० र प्रमाणपत्र पुरस्कार सहित मूल समारोहकाे दिन पुरस्कृत गरिने छ ।

विद्यालयकाे नियम अनुसार लगातार ३ पटक प्रतियोगितामा प्रथम स्थान हासिल गरेमा सिल्ड पचाउने नियम रहेको छ । यसरी साे सिल्ड पचाउन खाेलातिर अाधारभूत विद्यालयले अब २ पटक लगातार हाजिरी जवाफ प्रतियोगिता जित्नुपर्ने छ ।

कार्यक्रम समापनकाे क्रममा प्रधानाध्यापक भीष्म कँडेलले विद्यालयले २०६८ सालदेखि हरेक वर्ष वार्षिकोत्सबकाे अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयाेजना गर्दै आएकाे र यस्तो कार्यक्रमले विद्यार्थीहरूमा भएको वाैद्विक क्षमता उजागर गर्ने भएकोले यस कार्यक्रमलाई आगामी वार्षिकोत्सबमा पनि निरन्तर रूपमा आयाेजना गरिने वताए ।

विद्यालयका प्रधानाध्यापक कँडेलकाे सभापतित्व, शिक्षक द्वय गणेश प्रसाद कँडेल र राधा शर्माको सञ्चालनमा साे प्रतियोगिता सम्पन्न गरिएको थियाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !