भरत सापकाेटा, बागलुङ २०७६ माघ १६ । काठेखोला गाउँपालिकाको आयोजनामा शुरु भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले खेलकुदै माध्यमबाट विकाश र समाज परिवर्तन गर्न टेवा पुग्ने हुनाले पालिका भित्र भएका संस्कृतिहरु जगेर्ना गर्नका लागि साँस्कृतिक कार्यक्रमले सहयोग पु-याउने बताए। उनले गाउँपालिका भित्र विकासको लहर ल्याउन यस क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरु प्रचार प्रसार गर्न थालिसकिएकाले पर्यट्नकै माध्यमबाट पनि गाउँपालिकाको बिकासमा सहयोग पुग्ने समेत जिकिर गरे । थापाले भने,काठेखोला गाउपालिका भित्रका भलिवल खेलाडीलाई पेशेवर खेलाडी उत्पादन गर्न अध्यक्ष कपले सहयोग पुग्ने बताए । उनले भ्रमण बर्षलाई भव्य एवँ सभ्य रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले हरेक क्षेत्रवाट सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिका प्रदेश सदस्य हिराबहादुर केसी, नेकपा काठेखोलाका अध्यक्ष दिलबहादुर कार्की, नेपाली काग्रेस काठेखोलाका अध्यक्ष ज्ञामनाथ कडेल नेपाली काग्रेंस जिल्ला सदस्य ग्यानकुमारी श्रीष शर्मा, राष्ट्रिय जनमोर्चाका काठेखोला गाँउपालिकाका अध्यक्ष लक्ष्मन पुन, नेपाल पत्रकार महासघका अध्यक्ष दिल शिरीष, काठेखोला गाउपालिका ३ का वडा अध्यक्ष याम बहादुर श्रीष लगायतले बोलेका थिए ।
र्यक्रम काठेखोला गाउपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकको स्वागत र नायव सुब्बा मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुधवार भएको सोरठी प्रतियोगितामा काँठेखोला गाउपालिका ४ को ठूलोगाउँ प्रथम, झुलेनी होमस्टे द्धितीय र शिवधुरी होमस्टे तृतीय भएका छन् । प्रतियोगितामा ७ समुहको सहभागीता रहेको थियो । सोरठी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार व्यवस्था गरिएको छ ।
कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा माघ १८ गतेसम्म हुने प्रतियोगितामा भलिबलसँगै काठेखोला लोकतारा–२०७६ (गायन), गजल, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, धम्जा देउरालीदेखि बेलढुंगासम्म दौड प्रतियोगिता, जनप्रतिनिधि कर्मचारी संयोजन समितिबिच मैत्रिपूर्ण भलिबल खेलको आयोजना कार्यक्रम संयोजक एवं कार्यपालिका सदस्य टिका संगम विकले बताए।
८ वडाका १५ समुहले सहभागी जनाएको भलिवल प्रतियोगिता बिहिबारवाट सञ्चालन हुने कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक टिकासँगम बिकले जानकारी दिए ।