Sorry, that menu does not exist.
 

आजको तस्वीर : लाईभ दोहारीले तात्यो वामीटक्सार !

शव्द/चित्र : कमल पौडेल,

वामीटक्सार (गुल्मी)२०७६ माघ १७ । गायन, मोडलिङ र उद्घोषणमा एकै साथ सफल चर्चित लोक दोहोरी गायक वालचन्द्र बरालले गुल्मीको वामीटक्सारमा युवा पुस्तालाई छमछमी नचाएका छन्। गुल्मी मुसिकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक औधोगिक एवं व्यापार महोत्सवको दोश्रो दिन आफ्नो प्रस्तुती राख्दै सहभागी सवैलाई नचाएका हुन्।

“लाउनी भए लाउ माया लाउनीले, नलाउ माया छोडेर जानीले” बोलको गित गाउँदा कार्यक्रममा उपस्थित युवाहरु उत्साहित हुँदै नाचेका थिए। “नमस्ते झ्याझलो झोर्ले है, तिमी आउ भुवाचिदीवाट म आउँछु खर्वाङै बाट, भेटौंला टक्सारमा ओर्लेहै” गाउँदा हुटिङले निकै उत्साहित बनेका गायक बरालले हिँउचुलीमा घाम, ठमेल वजार लगाएतका प्रस्तुती पस्केका थिए । स्टेज देखि दर्शक सम्म सवैलाई नचाएका बरालले पुनम सुनार संग पानको पातमा गाएको लाइभ दोहोरीले सन्ध्याकालीन समयमा चिसो हावा संगै चिसिएको माहोल तातेको थियो। बागलुङको दगातुन्डाडामा जन्मिएका गायक बालचन्द्रले आफ्नै घरेलु वजार वामीटक्सारमा गाउँदा माइस्त आएको चेलीसरी स्थानियले स्वागत गरेका थिए । माघ १५ गते देखि २६ गते सम्म १२ दिन चल्ने महोत्सवको बुधवार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका िथए । महोत्सवमा ४ दर्जन वढि कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !