भरत सापकोटा, बागलुङ २०७६ माघ १७ । काठेखोला गाउपालिकाव्दारा आयोजित प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन बिहिवार सुरु भएको छ । काठेखोलाको वडा नम्बर ३ धम्जा देउरालीमा जारी प्रतियोगितामा काठेखोला गाउपालिका वडा नम्वर ८ लेखानी रातो, वडा नम्बर २ भिमापोखरा निलो, वडा नम्बर १ पाला निलोले शुरुवाती जीत हासिल गरेका छन् ।पहिलो खेलमा काठेखोला गाउपालिका वडा नम्वर ८ लेखानी रातोले वडा नम्वर ७ रेश रातोलाई पराजीत गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लेखानी रातोले पहिलो सेट ३०–२८ र दोस्रो सेट २५–२० ले जितेको थियो ।
दोस्रो खेलमा काठेखोला गाउपालिका वडा नम्वर २ भिमापोखरा निलोले वडा नम्वर १ पाला रातोलाई पराजित गरेको थियो । भिमापोखरा निलोले पहिले सेट २५–२२ र २५–२३ ले जित्यो ।
तेस्रो खेलमा काठेखोला गाउपालिका १ पाला निलोले वडा नम्वर ५ रातोलाई पराजित गरेको थियो । जसमा पाला निलोले पहिलो सेट २५–१९ र २५–२० ले जित निकालेको थियो । चौथो खेल काठेखोला गाउपालिका ३ धम्जा र वडा नम्वर ५ रातो बिचको खेलमा धम्जाले २५–२१, २३–२५ र २५–१७ ले जित हासिल गरेको थियो भने पाचौ खेलमा वडा नम्वर ३ भिमापोखरा रातो विरुद्ध वडा नम्वर ६ बिहु बिच भएको खेलमा भिमापोखरा बिजय भएको छ । भिमापोखराले पहिलो सेट २५–१९, र २५–१२ को सोझो सेटमा जित हासिल गरेको थियो । छैठौ खेलमा काठेखोला गाउपालिका ८ लेखानी निलोलाई पराजित गर्दै वडा नम्वर ७ रेश रातो बिजयी भएको छ । रेशले २५–१९ र २५–२३ को सोझो सेटमा जित्दै क्वाटर फाइनल प्रवेश गरेको छ । बाँकी खेल शुक्रवार हुने भलिबल संयोजक बाबुराम भण्डारीले जानकारी दिएका छन्।
अध्यक्ष कपको अवसरमा बिहिवार नै आयोजना गरिएको अन्तर विद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको कार्यक्रम संयोजक टीका संग विकले जानकारी दिए । उनले दिएको जनाकारी अनुसार प्रतियोगितामा लालीगुराँस इङ्गलिस बोर्डिङ प्रथम, अमर उच्च माध्यमिक विद्यालय ,दोस्रो र नारायणी मावि तंग्राम तृतिय भएका छन् । प्रतियोगितामा १० समुहले सहभागिता रहेको संयोजक गणेश नेपालीले जानकारी दिए।