कोपीला कँडेल, बागलुङ, २०७६ फागुन ६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको जनता सँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाँउपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै उनँले पार्टीलाई अनुशासित र सदृढ बनाउने कार्यमा नेता तथा कार्यकर्ता दुबैको भुमिका महत्वपुर्ण रहने बताए । अधिकारको कुराले मात्र पार्टी संचालनमा कठिनाई हुने चर्चा गर्दै मुख्यमन्त्री गुरुङले–पार्टी भित्र अधिकार र जिम्मेवारीलाई सँगसंगै लैजानुपर्नेमा जोड दिए ।
मुलुकमा अव राजनितिक मुद्दाको समापन भएको छ, अव समाजबाद उन्मुख अर्थतन्त्रको बिकाश गरेर अगाडी बढ्नुको बिकल्प छैन भन्दै गुरुङले पार्टीलाई स्वच्छ र शान्तिको प्रतिक बनाउनुपर्ने धारणा ब्यक्त गरे । उनले पार्टीलाई सहि तरिकाले अगाडी बढाउनका लागि संगठनको अधिनमा चल्नुपर्ने चर्चा गर्दै सदस्यताको नविकरण र लेवीलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
पार्टीलाई अतिजनबाद उन्मुख बनाउदा अराजकता निम्तिन सक्छ–मुख्यमन्त्री गुरुङले भने त्यसको लागि संगठनको अधिनमा संचालन गर्नुपर्दछ । उनले पार्टीमा व्याक्ति नभै संस्था हावी हुनुपर्ने बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेशका सचिव तथा मुख्यमन्त्रीका सल्लाहकार गोबिन्द नेपालीले कम्युनिष्ट पार्टीमा चुनाव जित्नु मात्र ठुलो कुरा नभएको बताउदै कम्युनिष्टको मुल उदेश्य सर्वहारा वर्गको अधिनायकत्व हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अगुवा कार्यकर्ता गरी चारसय बढिले सहभागिता जनाएका थिए ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कँडेलको स्वागत मन्तव्य र नेकपा गाउँपालिकाका सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।