बागलुङ २०७६ फागुन ६ । नवागत प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय बागलुङको निर्माणाधीन भवनमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुका प्रमुखहरु, सूचना अधिकारीहरुको पहिलो संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुले नवागत प्रजिअ सैजुको स्वागत गरेका थिए । बैठकमा कार्यालय प्रमुखहरुले आआफ्नो कार्यालयको संक्षिप्त कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुलाई सम्वोधन गर्दै नवागत प्रमुख जिल्ला अधिकारी सैजुले कार्यालयहरुमा आउने सेवाग्राहीहरुलाई सेवाग्राही मैत्री व्यवहार प्रदर्शन गर्दै निष्पक्ष छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी सैजुले विभिन्न कार्यालयहरुबाट सन्चालित योजनाहरु छिटो सम्पन्न गर्मेत निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।
स्मरणीय छ, २०७२ साल फागुन ११ गते सम्पन्न गर्ने गरी २०७० साल फागुन ११ गते शिलान्यास गरिएको जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन यहि फागुन महिना भित्रै सम्पन्न हुने विश्वास गरिएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलको कार्यकालमा भवन निर्माणका लागी बजेट निकासा भएर तत्कालीन प्रमुख जिल्ला अधिकारी बलदेव गौतम (२०७०) व्दारा शिलान्यास गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङको निर्माणाधीन नयाँ भवनले हाल सम्म ११ जना प्रमुख जिल्ला अधिकारीहरुलाई अनुहार देखाई सकेको छ ।
४७ औँ प्रमुख जिल्ला अधिकारीको रुपमा बागलुङ आएका सैजुको अध्यक्षतामा आज पहिलो चोटी निर्माणाधीन भवनमा कार्यक्रम भएको हो ।
निर्माणाधीन भवनमा कार्यालय प्रमुखको पहिलो बैठक : सेवाग्राहीलाई मैत्रीपूर्ण व्यवहार गर्न प्रजिअको निर्देशन !
२०७६ फाल्गुन ६, मंगलवार २१:२८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०