Sorry, that menu does not exist.
 

बडीगाडमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, पहिलो दिन ७ खेल सम्पन्न !

अनिष पाठक, बडीगाड २०७६ फागुन ७ । बागलुङ जिल्लाका केहि पालिकाहरुमा राष्ट्रपनि रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ भने केहि पालिकामा सम्पन्न भएका छन् । यसैक्रममा बडीगाड गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशील्ड प्रतियोगिता फागुन ६ गते सुरु भएको छ ।

प्रतियोगिता गाँउपालिकाका शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीको अध्यक्षता, अध्यक्ष मेहरसिंह पाइजाको प्रमुख आतिथ्यता, खेल संयोजक स्वागत एवम भानु माविका शिक्षक विष्णु आर्चायको सञ्चालनमा सम्पन्न भएको छ भने प्रतियोगिताको पहिलो दिन मंगलबार ७ खेल सम्पन्न भएका छन् । खेल संयोजक पाईजाले दिएको जानकारी अनुसार आज दोश्रो दिन बुधवार विहान १० बवे देखी प्रतियोगिता सुचारु हुने छ ।

मंगलबार भएको प्रतियोगितामा सटफुटको छात्रतर्फ त्रिभुवन नमुना मावि खर्बाङ प्रथम, भानु मावि ग्वालीचौर व्दितिय र लौगा मावि जलजला तृतिय भए भने छात्रातर्फको सटफुटमा बुद्ध मावि खाल प्रथम, त्रिभुवन नमुना मावि खर्बाङ्ग व्दितिय र भानु मावि ग्वालीचौर तृतिय भएको प्रशिक्षक मिनु बीसीले जानकारी दिईन् ।

यस्तै लङ्गजम्पको छात्र तर्फ भानु मावि प्रथम, त्रिभुवन नमुना मावि व्दितिय र खड्कदेवी तुम्डाँडा तृतिय तथा छात्रातर्फ भिमगिठे मावि भिमगिठे प्रथम, भानु मावि व्दितिय र त्रिभुवन नमुना मावि तृतिय भएका छन् । ट्रिपलजम्प प्रतियोगितामा छात्र तर्फ त्रिभुवन नमुना मावि पहिलो, खड्कदेवी मावि दोस्रो र भानु मावि तृतिय भए । छात्रातर्फ भानु मावि प्रथम र त्रिभुन नमुना मावि व्दितिय भए ।

१०० मिटरको दौडमा छात्र तर्फ त्रिभुवन नमुना मावि प्रथम, भानु मावि व्दितिय र खार मावि तृतिय भए । छात्रातर्फ भिमगिठे मावि प्रथम, भानु मावि द्धितिय र बुद्ध मावि तृतिय भए । यसैगरी २०० मिटर दौडमा छात्रतर्फ भानु मावि प्रथम, त्रिभुवन नमुना मावि व्दितिय र भिमगिठे मावि तृतिय भए भने छात्रातर्फ त्रिभुवन नमुना मावि प्रथम, भानु मावि व्दितिय र बुद्ध मावि तृतिय भए ।

४०० मिटरको दौडमा छात्रतर्फ त्रिभुवन नुमना मावि प्रथम, खड्कदेवी मावि व्दितिय र भानु मावि तृतिय तथा छात्रातर्फ भानु मावि प्रथम, बुद्ध मावि व्दितिय र त्रिभुवन नमुना मावि तृतिय भएको खेल संयोजक पाईजाले जानकारी दिए ।

मंगलबार नै सम्पन्न हाइजम्प प्रतियोगिताको छात्रतर्फ त्रिभुवन नमुना मावि प्रथम, खड्कदेवी व्दितिय र भानु मावि तृतिय भए । छात्रातर्फ त्रिभुवन नमुना मावि प्रथम, भानु मावि व्दितिय र बुद्ध मावि तृतिय भए । कराते प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !