पूर्णभद्र निउरे, तराखोला २०७६ फागुन ७ । ताराखोला गाउँपालिका पशु सेवा शाखाको आयोजनामा जुनेटिक रोग सम्बन्धि कार्यक्रम नेपाल मावि तारा र दुर्गाभवानी माबि तारामा सम्पन्न भएको छ ।
मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने रोगको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रम अन्तर्गत मंगलबार वडा न ४ को नेपाल मा बि तारा र ५ को दुर्गा भवानी मा बि तारामा सम्पन्न भएको पशु सेवा प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । कार्यक्रममा जुनेटिक रोगका प्रकार, सर्ने तरिका , बचावट तथा आन्तरिक र बाहिरी परजीवी सम्बन्धी कुराहरुको जानकारी गराइएको थियो ।
नेपाल मा बि ताराको कार्यक्रममा २५० जना र दुर्गा भवानी मा बि मा १४० जना बिद्यार्थीको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण पशु सेवा शाखा प्रमुख चिन्तामणी शर्मा र नायब पशु स्वास्थ प्राबिधिक रमा अर्याल पौडेलले गरेका थिए । गाउँपालिका भरिका सबै माध्यमिक बिद्यालयहरुमा यो कार्यक्रम संचालन हुने पशु सेवा शाखाले जनाएको छ।