सन्ध्या आचार्य, कुस्मीसेरा २०७६ फागुन ८ । जैमिनी नगरपालिका ८ छिस्ती स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कडेंलले स्वास्थ्य चौकीको भवन निर्माण हुनाले सेवाग्राहीहरुलाई सेवा दिन सहज हुने बताउदै सवै मिलेर रोग लाग्नै नदिने वातावरण बनाउन आग्रह गरे । उनले अब स्वास्थ्य उपकरणको व्यवस्था गरी विज्ञान प्रविधि, ईमेल ईन्टरनेटको सहि उपयोग गर्र्दै अगाडि बढेमा विकासको गतिबढ्ने धारणा व्यक्त गरे ।
त्यस्तै नगरप्रमुख ईन्द्रराज पौडेलले, स्वस्थ भएर बाँच्नका लागि खानपान दैनिक जीवन यापनमा ध्यान दिनुपर्ने सरकारले गाँउ गाँउमा स्वास्थ्य चौकी निर्माण बिमा लगायतका कार्यक्रम ल्याएको हुँदा त्यसको उपयोग गर्ने हरेक विकासका काममा पनि स्वच्छ मनले स्थानियले नै नेत्तृत्व लिन आग्रह गरे ।
कार्यक्रममा छिस्ती स्वास्थ्य चौकी प्रमुख दलवहादुर पुलिसाले आफुहरु जनतालाई सेवा दिनकै लागि बसेको हुदाँ ढुक्कसँग सेवा लिन अनुरोध गरे भने नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द शर्माले निशुःल्क सेवा पाइने विषय पनि धेरै भएको हुँदा सरकारले गरेको लगानी र दिने सेवालाई उपयोग गर्न अनुरोध गरे ।
वडा अध्यक्ष बिजय अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस जिल्ला पार्टी सचिव नवराज शर्मा, नेपाल रेडक्रम सोसाईटी जिल्ला सदस्य भुवानी कंडेल, विभिन्न विद्यालयका शिक्षक, विभिन्न पार्टीका पार्टी प्रतिनिधि, विभिन्न संस्थाका प्रमुख प्रहरी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
भवन केन्द्रिय सरकारको योजनामा २ करोड ५० लाखको लागतमा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमको संचालन शिक्षक याम शर्माले गरेका थिए ।