Sorry, that menu does not exist.
 

परियारको उपचारका लागी बागलुङ समाज स्पेनव्दारा २५ हजार सहयोग हस्तान्तरण !

बडीगाड २०७६ फागुन ८ । बडिगाड गाउपालिका ७ साविक भिमगिठे गाविस ५ का वीर बहादुर परियार विगत लामो समय देखि बिरामी भई आर्थिक अभाबको कारण आवश्यक उपचार गर्न नपाएको अवस्थामा बडीगाड गाउपालिका वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङको आर्थिक सहयोग र पहल तथा काठमाडौंमा बसी दीन दुखी र व्यसाहाराहरुलाई सहयोग गर्दै आईरेकी सहयागी रिमा सापकोटाको पहलमा काठमाडौंको वीर हस्पिटलमा उपचार सुरु भैरहेको छ।

आर्थिक अभावका कारण भनेजस्तो उपचार हुन नसकेपछि सामाजिक संजालको प्रयोग गरि सबैमा आर्थिक सहयोगका लागि अपिल गरिएकोमा बडीगाड गाउँपालिका वडा न ६ निवासी हाल स्पेनमा कार्यरत बागलुङ समाज स्पेनका सदस्य बिक्कल प्रताप सिहंले आफ्नो पहलमा वीर बहादुर परियारको उपचारको लागि बागलुङ समाज स्पेनले रु २५,०००। आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बिक्कल प्रताप सिहंका पिता सम्सेर प्रताप सिहंले बडीगाड गाउँपालिका ७ को वडा कार्यालयमा उपस्थित भई वडा अध्यक्ष गुरुङको रोहोवरमा वीर।बहादुर परियारकी आमा नन्दकली परियारलाई रकम हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण पश्चात शम्सेर प्रताप सिहंले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै वडा अध्यक्ष गुरुङ गरीबहरुको सहयोगमा जुटेकोमा धन्यवाद दिए ।

सोहि क्रममा वडाध्यक्ष गुरुङले धन्यवादको पात्र आफु नभई बागलुङ समाज स्पेन रहेको भन्दै आर्थिक सहयोगका लागि पहल कदमी गर्नुहुने बिक्कल आफ्नो एक असल साथी रहेको स्मरण गर्दै आगामि दिनहरुमा समेत सहयोगी कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले बागलुङ समाज स्पेनको प्रगतिको कामना सहित धन्यवाद ज्ञापन गर्दै सहयोग जुटाउन सहयोग गर्ने सम्पूर्ण मिडियालाई समेत बिशेष धन्यवाद दिदै वीर बहादुर परियारको उपचारको लागि आर्थिक सहयो जुटाउन अझै महत्त्वपूर्ण भूमिका निर्वाहा गरिदिन समेत आग्रह गरेका थिए ।

वीर बहादुर परियारका घरमा बृद्ध माता पिता, श्रीमती र छोरी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !