Sorry, that menu does not exist.
 

भिङगिठे स्वास्थ्य चौकीको अध्यक्षमा पुन: वडाध्यक्ष गुरुङ सर्वसम्मत चयन !

बडीगाड (भिङगिठे) २०७६ फागुन १३ । बडीगाड गाउपालिका-७ का वडाध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा २०७४ साल पुस ३० गते गठित बडीगाड गाउपालिका ७ भिङगिठे स्थित भिङगिठे स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ ।

स्वास्थ्य चौकी पुनर्गठन कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष गुरुङको अध्यक्षता तथा स्वास्थ्य चौकी प्रमुख बिपेन्द्र केसीको सन्चालनमा सम्पन्न भएको थियो । बैठकको शुभारम्भ सँगै अध्यक्ष गुरुङले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समिति पुनर्गठन प्रकृया अघि बढाउन सदस्य सचिव बिपेन्द्र केसीलाई निर्देशन दिएका थिए ।

अध्यक्षको निर्देशन बमोजिम सदस्य सचिव केसीले स्थानीय स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति कार्यविधि २०७५ मा समिति गठनका लागि व्यवस्था भएको कार्यविधि पढेर सुनाउँदै सबैलाई समिति गठन प्रकृयामा सहयोग गर्न अनुरोध गरेका थिए । व्यापक छलफल पश्चात् कार्यविधि बमोजिमा समितिको अध्यक्षमा पुन वडा अध्यक्ष कृष्ण गुरुङलाई सर्वसम्मत चयन गरिएको थियो ।

पुनर्गठित स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिको संरक्षकमा गाउपालिका अध्यक्ष मेहर सिँह पाईजा रहेका छन भने उपाध्यक्षमा सावित्रा बिक (निर्वाचित महिला सदस्य) रहेकी छन भने सदस्यहरुमा अनिता रायमाझी, यमबहादुर थापा, मीना कुमारी माझी, सन्ध्या पौडेल तथा सदस्य सचिवमा स्वास्थ्य चौकी प्रमुख विपेन्द्र केसी रहेका छन् । समितिको सल्लाहाकारमा नेक बहादुर पाईजा ( दलितजनजाति), हुमलाल भट्टराई (जेष्ठ नगारिक अपांग) र कमल खराल किशोर किशोरी रहेका छन् ।

सो अवसरमा समितिका सदस्य मिना रायमाझी र वडा कार्यालयको तर्फबाट सदस्य दिपेन्द्र प्रताप केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्य पश्चात् अध्यक्ष गुरुङले पूर्व समितिका पदाधिकारीहरुलाई बिशेष धन्यवाद ज्ञापन गर्दै नव गठित समितिका पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै सबैलाई स्वास्थ्य चौकीको समग्र बिकासमा लागि जनताको घरदैलोमा स्वास्थ्यको पहुँच पुर्याउनका लागि सबैमा सहयोगको अपिल गरेका थिए । उनले नब गठित समितिका सम्पूर्ण पदाधिकारिहरुलाई समयको ख्याल गरि बैठकमा उपस्थित हुन र स्वास्थको बिकासमा जुट्न आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए।

बैठकले निवर्तमान समितिलाई धन्यवाद एवं पुनर्गठित समितिलाई सफाल कार्यकालको शुभकामना दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !