Sorry, that menu does not exist.
 

कालिका भगवती मन्दिरलाई श्रेष्ठ दाजुभाईबाट रु ५० हजार भेटी र २ ह्वील चियर प्रदान !

कोपीला कँडेल, बागलुङ २०७६ फागुन १३ । धार्मिक पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिर बागलुङलाई बा.न.पा–२ निवासी विविन्द्र कुमार श्रेष्ठले ५० हजार रुपैया भेटी अर्पण गरेका छन् । मंगलबार परिवार सहित बागलुङ कालिका मन्दिर पुगेर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्कालाई श्रेष्ठ परिवारले सो रकम हस्तान्तरण गरेका हुन् ।

कालिका भगवती मन्दिरको व्यवस्थापनमा सेवाभाव राखी आफ्नो सु–स्वास्थ्यको कामना सहित भेटी स्वरुप सो रकम अर्पण गरेको श्रेष्ठले बताए । श्रेष्ठले चढाएको भेटीे उनंको इच्छा अनुसारको कार्यमा लगाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।

सोहि अवसरमा विविन्द्र कुमार श्रेष्ठका भाई जयन्द्र कुमार श्रेष्ठले कालिका मन्दिरमा आउनु हुने जेष्ठ नागरिक,अशक्त, अपाङ्ग आदिलाई प्रवेशव्दार देखि मन्दिरसम्म जान आउन सहयोग पुगोस भनी २ थान ह्वील चियर कालिका भगवती गुठी व्यवस्थापन समितिलाई हस्तान्तर गरेका छन । मुख्य प्रवेशव्दार देखि मन्दिरसम्मको करिव ६ सय ५० मिटिरबाटो अपाङ्ग मैत्री रहेको छ । सो बाटोमा हिड्न गारो हुने श्रद्धालुहरुले प्रवेशव्दारबाट ह्वील चियर निःशुल्क प्रयोग गर्न सक्ने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !