Sorry, that menu does not exist.
 

काठेखोला गाउपालिकाका तीन विद्यालयका तीन सय जनाको आँखा परीक्षण !

रनिश रानामगर, बागलुङ २०७६ फागुन १३ । नेत्र ज्योति संघ बागलुङको प्राविधिक सहयोग तथा धिमी करिना माध्यमिक विद्यालय को व्यवस्थापनमा आज काठेखोला गापा १ का तिनवटा विद्यालय धिमी करिना माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय र सरस्वती आधारभुत विद्यालयका विद्यार्थी तथा शिक्षकहरु गरि ३०० जनाको आंखा परिक्षण गरिएको छ।

आंखा परिक्षणको क्रममा १२ जनामा दुररअदुर दृष्टीको समस्या भएको परिक्षणमा सहभागी नेत्र ज्योति संघका दिवाकर पौडेलले बताए। समस्या भएका विद्यार्थीलाई नेत्र ज्योति संघ बागलुङले निशुल्क चश्मा उपलब्ध गराउने जानकारी दिईएको छ । उक्त समस्या आउनु भनेको आंखाको एक अवस्थाभएको ले समस्याको रुपमा नलिन सुझाव दिएका थिए।

यो अभियान बागलुङ नगरपालिकाका १९ विद्यालयमा सम्पन्न भैसकेको छ भने आजबाट काठेखोला गाउँपालिकाका विद्यालयमा आंखा परिक्षण गर्ने कार्यक्रम चरणबद्ध रुपमा गर्ने कार्यक्रम अन्तर्गत भोलि भिमापोखराका विद्यालयमा गर्ने योजना रहेको छ। ्

विद्यालयमा वर्षको एक पटक विद्यार्थी तथा शिक्षकको आखा परिक्षण गर्नाले समस्या पहिचान भई तत्काल उपचार गरि पठनपाठनमा पनि सहजता हुने भएकोले यस्ता कार्यक्रम विद्यालयमा गरिनु पर्ने कुरा विद्यालयका निमित्त प्रधानध्यापक रतन थापाले बताए ।
आखा परिक्षणमा प्राविधिक सहयोग गरेकोमा नेत्र ज्योति संघलाई धन्यवाद दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !