पूर्णभद्र निउरे, तराखोला २०७६ फागुन १३ । ताराखोला ताराखोला गाउँपालिकामा ११ गते देखि संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न खेलहरु आज सम्पन्न भएका छ्न । राष्ट्रपति रनिङ शिल्डको अबसरमा आयोजित विभिन्न कार्यक्रम मध्य बाट ६ स्वर्ण र १ काश्य पदक जित्दै नेपाल मा बि ताराखोला ४ प्रथम बनेको छ भने ४ स्वर्ण ३ रजत र २ काश्य सहित प्रजातन्त्र बिकास मा बि ताराखोला १ दोस्रो बनेको छ । २ स्वार्ण ५ रजत र १ काश्य पदक जितेको दुर्गा भवानी मा बि ताराखोला ५ ले तेस्रो स्थान हात पारेको छ।
प्रथम स्थान हासिल गर्ने नेपाल मा बि ताराले छात्रा भलिबल,छात्र हाइजम्प ,छात्रर छात्रा शटफुट , १५ सय मिटर छात्र डौड र छात्र लङजम्प प्रतियोगिता मा जित निकाल्दै ६ स्वर्ण पदक सहित उपाधी चुमेको थियो । दोस्रो भएको प्रजातन्त्र बिकास मा बि ले ३ हजार मिटर छात्र दौड , १५ सय मिटर छात्रा डौड र २ सय मिटर को डौड मा स्वर्ण पदक तथा छात्र भलिबल , छात्रा लङजम्प मा रजत पदक हात पारेको थियो । तेस्रो हुने दुर्गा भवानी मा बि ले छात्र भलिबल र १ सय मिटर डौड मा जित निकालेको थियो भने अन्य विभिन्न बिधाका खेल मा ५ रजत र १ काश्य पदक जितेको कार्यक्रम संयोजक लोक बहादुर क्षेत्री ले जानकारी दिए ।
कार्यक्रममा बिजयी बिद्यार्थीहरुलाइ शिक्षा शाखा अधिकृत सबिता के सी द्वारा मेडल र शैक्षिक सामाग्री द्वारा पुरस्कृत गरिएको थियो । समापन कार्यक्रम को अर्गल मा बि का शिक्षक सूर्य बहादुर घर्तीको सन्चालन र कार्यक्रम संयोजक लोक बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।