Sorry, that menu does not exist.
 

गल्कोट टेउवामा फागुन ५ देखि शुरु भएको अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशाला बुधवार सम्पन्न हुँदै

कौरव खत्री, गल्कोट २०७६ फागुन २० । गल्कोट नगरपालिका ५ टेउवामा गत फागुन ५ देखि शुरु भएका अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाको अवलोकन गर्न विभिन्न ठाँउबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । मुर्तिकला कार्याशालामा जापान, इटाली, इजरायल, फ्रान्स, युक्रेन, ताईवान, क्यानडा, भारत, चीन, ब्राजिल र नेपाल सहित ११ देशका १५ जना अन्तर्राष्ट्रिय ख्याति प्राप्त मुर्तिकारहरुले स्वतन्त्र रुपमा विभिन्न प्रकारका मुर्ति निर्माण गरिरहेका छन् । यतिबेला गल्कोटको टेउवा अन्तर्राष्ट्रिय मुर्तिकारहरुको नजरमा केन्द्रित छ ।

यस अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालालाई लिएर गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट कला प्रतिष्ठानको संयोजन भैरहेको अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालालाई प्रदेश र केन्द्र सरकारको सहयोगले कार्याशाला सफल भएको भन्दै आफ्नो स्रोत र साधन अनुसार स्थानीय सरकारले पनि कार्याशालालाई गलकोट नगरपालिकाको एउटा पर्यटकीय गन्तव्य बनाउन क्रमागत रुपमा आर्थिक सहयोग गर्ने ईबागलुङलाई बताए ।

त्यस्तै गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाका कोषाध्यक्ष यम बहादुर श्रीसले कार्याशालाको लागि १ करोड ४१ लाख,७२ हजार बराबरको खर्च लाग्ने अनुमान गरिएको बताउदै कार्याशालामा मुर्तिकलाको प्रत्यक्ष अवलोकन गर्न दैनिक सयौ आन्तरिक पर्यटकहरु कार्याशाला आउने गरेको बताए ।

साथै मुर्तिकलाको लागि नेपालका हिमाली र पहाडी क्षेत्र अलौकिक र अनुपम ठाँउको रहेको भन्दै नेपालका पहाडी ढुङ्गाहरु आफैमा कलाले भरिएको र त्यसमा मानवीय कला भोर्न पाउदा फरक अनुभूति लागेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त इटालीका मुर्तिकार बेतिनो फ्रान्सेनीले बताए ।

गाँउमा १७ दिन सम्म चल्ने अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशाला मार्फत विभिन्न किसिमका मुर्तिहरु निर्माण हुनेछन् । मुर्तिहरुलाई भावी दिनमा खुल्ला मुर्तिकला सङग्रहालय निर्माण गरेर साँस्कृतिक कलाको अध्ययन अनुसन्धानस्थल र पर्यटकीय गन्तव्यको रुपमा वृद्धि विकास गर्ने उद्देश्य रहेको गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाका अध्यक्ष पूर्ण बहादुर रानाले बताए ।

त्यस्तै गलकोट अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाका संयोजक ओम खत्रीले हरेक कलाकारका आ–आफ्ना अनुभवका आधारमा मर्ति निर्माण हुने भन्दै कार्याशालाका निर्माण भैरहेका मुर्तिहरुमा मानवीय भावना र संस्कृतिलाई उजागर गर्ने खालका मुर्तिहरु निर्माण भैरहेको जानकारी दिए ।

साथै संयोजक खत्रीले भने गलकोट क्षेत्रलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरसम्म परिचित बनाउन मुर्तिकला कार्याशाला मार्फत अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालाबाट निर्माण गरिएका विभिन्न प्रकारका मुर्तिलाई खुल्ला मुर्तिकला सङग्रहालय निर्माण गरेर साँस्कृतिक कलाको अध्ययन अनुसन्धानस्थल र पर्यटकीय गन्तव्यको रुपमा वृद्धि विकास गर्ने सोच रहेको बताए ।

फागुन २१ सम्म अर्थात बुधवार चल्ने कार्याशाला सञ्चालनको लागि स्थानीय सरकार, प्रदेश सरकार एवं केन्द्र सरकार एवं विभिन्न संघ संस्था एंव व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !