छविलाल पाण्डे, बुर्तिवाङ २०७६ फागुन २० । ईलाका प्रहरी कार्यालय बुर्तिबाङव्दारा सञ्चालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया तथा कक्षा सञ्चालन कार्यक्रमले निरन्तरता पाएको छ ।
प्रमुखको रुपमा प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको आगमन भएसँगै विभिन्न सचेतना मुलक कार्यक्रमलाई अगाडी बढाउँदै आउनु भएको छ । केहि दिन पहिले जनता बोर्डिङ स्कुलका विद्यार्थीसँग भएको अन्र्तक्रिया कार्यक्रम मँगलबार उत्तरगँगा मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको विचमा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सँगै इलाका प्रहरी कार्यालयको स्थलगत अवलोकन गर्दे प्रहरीसँग विद्यार्थीले विभिन्न विषयमा आफनो विज्ञासा राखेका थिए । प्रहरी मेरो साथी अभियान अन्तर्गत समाजलाई सुसूचित गराउनका निम्ती र आफु समेत थप सम्मेमित बन्नका निम्ती कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउने उदेश्य रुवरुप कार्यक्रमको आयोजना गरीएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख भण्डारीले बताए।
भोलि बुधबार उत्तरगँगा मावि कक्षा ११ का विद्यार्थीसँग अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ ।