कमल पौडेल, गुल्मी वामीटक्सार २०७६ फागुन २२ । मुसिकोट नगरपालीकाका नगरप्रमुख सोमनाथ सापोकाटाले पूर्वाधारको विकासले मात्रै समृद्धि नआउने बताउनु भएको छ । बुधवार मुसिकोट नगरपालिकाको सभाहलमा भएको नगर प्रमुख दायीत्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम अन्तरगतको उद्यमी छनौट कार्यक्रममा नगरप्रमुख सापकोटाले व्यक्ति उद्यममा जोडिएर आर्थिक प्रगति नभएसम्म समृद्धि नआउने भन्दै अव गाउँमै रोजगारी सिर्जना गरेर बैदेशिक रोजगारीलाई कम गर्नुपर्ने बताए । उनले नगरपालिका भित्रका उदाहरणीय युवा उद्यमीहरुको प्रशंसा गर्दै उत्पादित उत्पादनको बजारीकरणको ग्यारेन्टी गर्ने बताए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता गणेश श्रीपालीले मुसिकोट नगरपालिकाको भौतिक विकासको प्रशंसा गर्दै अव नगरले आर्थिक क्षेत्रको विकासमा ध्यान दिने विश्वास व्यक्त गरे भने आर्थिक विकास संयोजक तथा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले व्यवसायीक कृषिलाई नगरपालिकाले प्राथमिकता दिएको बताउँदै निकट समयमा सञ्चालन हुन लागेको नेपाल बैंकको शाखा मार्फत ४ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका १ सय ११ जना युवा उद्यमी मध्यवाट उत्कृष्ट ४० उद्यमी छनौट गरिएको छ। प्रत्येक ६÷६ महिनामा गरिने छनौटको दोश्रो चरणमा २० जना छनौट गरिने र अन्तिम १० पर्ने उद्यमीलाई जनहि ५० हजार सहित पुरस्कृत गरिने तथा प्रथम र व्दितिय हुनेलाई जनहि १÷१ लाख नगद सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ। आज छनौट भएका ४० उद्यमीको उद्यममा बैंक मार्फत लगानी गर्न नगरपालिकाले समन्वय गर्ने बताइएको छ । उद्यमी छनौटको लागी विभिन्न ६ सुचक सहित मुल्यांकन कर्ता बाट ६० प्रतिशत र एसएमएस भोटिङ मार्फत ४० प्रतिशत अंक निर्धारण गरि प्रतिस्पर्धा गराइरहेको मुसिकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिए ।
हिँजोको कार्यक्रम दायित्व अभियानका परियोजना प्रवन्धक निरञ्जन पाण्डेको अध्यक्षता, परियोजना अधिकृत सुर्य रिजालको स्वागत मन्तव्य तथा नगरपालिकाका फिल्ड सहायक महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो। नगरपालिका भित्र कृषि, पशुपालन सहित लघु उद्यम चलाइरहेका युवाहरु प्रतियोगीतामा सामेल भएका छन्।
मुसिकोट नगरपालिकाले उद्यमशिलता विकास गरि युवाहरु बाट उद्यमी तयार गर्दै उनिहरु मार्फत सयौंको संख्यामा रोजगारी सिर्जना गर्ने योजना सहित गत असोजमा उद्यमशिलतामा काम गरिरहेको ‘दायित्व’ नामक गैरसरकारी संस्था संग ३ वर्षको लागि सम्झौता गरेको थियो। युवा तथा महिला आर्थिक सबलीकरणबाट उद्यमशील मुसिकोट निर्माण गर्ने दुरदृष्टी प्राप्तिको लागि ‘दायित्व’ संग सम्झौता गरिएको र सोहि अनुरुप काम भैरहेको नगरपालिकाले जनाएको छ। सम्झौता अनुसार युवा रोजगारी, युवा उद्यमशीलता, महिलाहरुको आर्थिक सबलिकरण, मूल्य श्रृंखला र लगानीमा पहुँच लगाएतका पक्षमा ‘दायित्व’ले फेलोशिप लगाएत कार्यक्रम मार्फत सहयोग गर्ने वताइएको छ। त्यस्तै तथ्यमा आधारित नितिगत पैरवि गर्ने, उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा ध्यान दिने, नेतृत्व तथा व्यावस्थापन वृद्धि प्रशिक्षण कार्यक्रम संचालन गरि उद्यमी तयार गर्ने गरि सम्झौता भएको थियो।