Sorry, that menu does not exist.
 

बेल्जियममा नेपाली युवाको मृत्युका कारण उब्जेका केहि अनुत्तरित सवालहरु

गंगाधर गौतम
प्रबास बसाइका अप्ठ्यारा सँगै बेल्जियममा एक होनाहार युवा सुमन शर्मा जैसी (पर्वत)ले आफ्नो जीवन गत सोमबार मार्च ०२ साझ पख बेल्जियमको लुबेन नजिकैको शहर आस्कोट स्टेसन नजिक ट्रेनको लिगमा गुमाएका छन। स्थानीय पत्रीकाहरु र प्रसासनले उनले आत्महत्या गरेको बताएको छ भने ०६ मार्च २०२० सुक्रबार दिउँसो ११.०० बजे मात्र स्वर्गीय सुमनको शबलाई हिन्दू सँस्कार अनुसार उनको परिवार, नेपाली दुताबास र नेपाली समुदाय को ठुलो उपस्थितिमा अन्तिम दाहसँस्कार गरिएको छ।

स्वर्गिय सुमनको स्वर्गारोहण संगै नेपालीहरुको बिचमा उनको निधनको बिषय सामाजिक सञ्जाल, नेपाली अनलाइन खबरहरु मार्फत यस घटनाका सम्बन्धमा आबस्यक अनाबस्यक जाहेज नाजायज सबालहरु उठिरहेका छन। मानिसको जन्म पछि मृत्यु कोहिकसैले रोकेर वा टारेर टर्दैन परन्तु मृत्यु संग जोडिएका उसका सम्बन्धहरुको बिषयमा भने हामी नेपाली समुदायले निर्मम समिक्षा गर्नु पर्दछ किनकी यस्ता दुर्घटनाहरु फेरी नदोहोरिउन, दोषी सजायँको भागेदार बनोस् निर्दोश उपर अनाबस्यक लान्छना र सामाजिक सद्भाव लाई समेत खलल पार्ने अभिप्राय बाट अभिप्रेरित धारणाहरुको चिरफार होस भन्ने उदेस्यले सुमनको आत्महत्याबाट उब्जिएका केहि सवालहरु र हाम्रो दायित्व के भन्ने बिषयमा सिङ्गो नेपाली डायस्पोरालाई सुसुचित गर्न चाहन्छु।

१/ सामाजिक सञ्जाल मार्फत अतिरन्जित गरिए जस्तै जातिय विभेद र अन्तरजातीय विवाह का कारण सम्बन्ध बिग्रेर यो परिस्थिति शृजना भयो भन्ने जुन भ्रम सिर्जना गर्न खोजिएको छ त्यो सत्य होईन स्वर्गिय सुमन शर्मा जैसी र निमा शेर्पाको बिचमा हिन्दू परम्परा अनुसार नै परिबारले बाजागाजा सहित उनका पिता हरि जैसी स्वयं नेपाल पुगेर बिबाह सम्पन्न गरेका थिए।

२/ हामी यूरोपको राजधानीमा छौ तथापि नेपालमै रहदा बस्दा पनि पारपाचुके,सम्बन्ध विच्छेद गर्ने, दोस्रो बिबाह गर्ने, उमेर पुगिसकेपछि बाबा आमा सँगै नबसेर अलग अलग बस्ने प्रचलन अहिले पनि बिधमान छन र हुने गर्दछन उनीहरूको बेल्जियम आगमन पस्चात आफ्नो शुन्दर भबिस्यको लागी परिबार बाट अलग बस्नुलाई पारिबारिक बेमेल मात्र भन्न सकिदैन।उनीहरुको आफ्नो बसाइको क्रममा असमजदारी बढ्दै डिभोर्सको स्थीतिमा पुग्नु ३/३ बर्ष अलग अलग बस्नू र निमाले पर पुरुष संग सम्बन्ध कायम गर्नु जस्ता अस्वभाविक घटना र यस्ता सबै खाले परिस्थीति संग जुध्ने र सामना गर्ने हिम्मत सामर्थ्य नराखि आत्महत्या गरेका हुन सक्दछन।

३/बास्तबमा अहिले उनकि आमा र बाबालाई ठुलो शोक परेको छ, सबै परिवार नेपालीजनलाई शोकाकूल बनाएको छ भने भविष्यमा ती उनकी एक छोरी छिन उनलाई बढी दु:खी र चिन्तित तुल्याउने छ।

तसर्थ सुमनका बारेमा जानकार, निमाका बारेमा जानकार,सुमनको परिवारका बारेमा जानकार सबै मिलौ कम्तिमा कानुन बमोजिम सुमनको मृत्यु हुनु भन्दा पहिले देखिका बिषेशत पछिल्लो समय उनका गतिबीधि,उनको सम्पर्क,उनी बसेको स्थान र कम्तिमा जुन स्थानमा त्यो अप्रिय घटना घटेको छ त्यहाँ सम्म उनी पुगेको अबस्थाको बारेमा कानूनी रुपमा प्रसासनबाट जानकारी लिन कानुनी प्रकृया थालनी गरौं।

एकले अर्कोलाई आरोपित गरेर स्वर्गिय सुमनको निधनको बास्तबिक कारण पत्ता लाग्दैन, परिबारका सदस्यको सहयोगमा यो समय नेपाली समुदाय बिषेश गरेर गैर आबासीय नेपाली संघले आबस्यक कानुनी प्रक्रियाको थालनी गर्ने, बेल्जियमको नेपाली समुदाय भित्र धेरै त्यस्ता सुमनहरु हुन सक्दछन जो मानसिक रुपमा आफूलाई कमजोर महसुस गर्ने तसर्थ समयमै यस्ता प्रकृतिका सम्भाबित घटनालाई निरुत्साहित पार्न र सुमनको निधनको बास्तबिक रहस्य पत्ता लगाउन तर्फ हामी सबैको ध्यान जाओस्।

अन्तमा स्वर्गिय सुमनको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु यस्तो दुःखद घडिमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

गंगाधर गौतम
पुर्व अध्यक्ष एन आर एन ए बेल्जियम
पूर्ब अध्यक्ष नेपाली जनसम्पर्क समिति वेल्जियम
बेल्जियम, २०७६ फागुन २५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !