रामकृस्ण कंडेल, काठमाडौँ २०७६ फागुन २५ । न्युटन बोर्डिङ स्कुल बालुवाटार काठमान्डौको आयोजनामा ुन्युटन बागलुङ भलिवल कप २०७६ु सम्पन्न भएको छ। फागुन २३ र २४ गते दुई दिन काठमान्डौंमा सन्चालित भलिवल खेलमा १६ टिमको सहभागीता रहेको भलिबल कमिशनका अध्यक्ष तथा आयोजक विद्यालयका प्रिन्सिपल रामबहादुर के सी ले बताए।
प्रिन्सिपल केसीका अनुसार खुला पुरूष २ए साईड भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार ७ सय ७७ ,व्दितिय पुरस्कार ४० हजार ४ सय ४४ ,तृतिय पुरस्कार २० हजार २ सय २२ र उत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय रहेको थियो।
१६ टिम सहभागी रहेको यस प्रतियोगितामा न्युटनका पूर्व बिद्यार्थी एवं राष्ट्रिय खेलाडी द्वय दिल सुनार र मान बहादुर श्रेष्ठको न्युटन वि टिम प्रथम ,गण्डकी प्रदेशका सन्जु विक्रम शाह र होम पुन को टिम द्वितीय APF क्लबका राष्ट्रिय खेलाडी विशाल थापा र राज कुमार निरौलाको टिम तृतीय भएका थिए । दुई दिने प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले बताए।
उत्कृष्ट खेलाडी दिल सुनार छनौट भएका छन् ।
विजयी खेलाडीलाई प्याब्सन वाग्मती प्रदेश अध्यक्ष थकिन गुरुङ र भलिवल कमिसनका अध्यक्ष तथा आयोजक विद्यालयका प्रिन्सिपल रामबहादुर के सीले पुरस्कार वितरण गरेका पथए ।