Sorry, that menu does not exist.
 

पण्डवखानीका दुई विद्यालयमा अध्यक्ष र प्रधानाध्यापक महिला !

सुरेश छन्त्याल, गल्कोट, २०७६ फागुन २६ । गल्कोट नगरपालिका १० पाण्डबखानी स्थित दुई विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति एवं प्रधानाध्यापिका महिला रहेका छन् । पाण्डबखानी फुर्से प्राथमिक विद्यालय तथा नव ज्योति प्राथमिक विद्यालयहरु म्हिलाहरुको सक्रियतामा सन्चालन भएका छन् । वडा अध्यक्ष तिलक घर्ती , सदस्य धनबहादुर सुनार र पत्रकार सुरेश छन्त्यालको टोलीले यी विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पाण्डबखानी फुर्से विद्यालयमा प्रध्यानाध्यापक संगै सम्पूर्ण शिक्षक र व्यवस्थापन समितिमा महिलाहरु नै अग्रसर भएर प्रध्यानापक देउमाया काउचा र व्यवस्थापन समितिका अध्यक्ष थममाया काउचाको नेतृत्वमा विद्यालय चलाएका छन् ।

त्यस्तै नव ज्योति प्राथमिक बिद्यालयमा पनि प्रध्यानापक आसा श्रीस र व्यवस्थापन समितिका अध्यक्ष कमला थापाले विद्यायल चलाएका छन् । निजी स्रोत व्यवस्थापन गर्ने, मन्टेशनरी व्यवस्थापन गर्ने संगै बाल कक्षा पनि आवश्यक रहेको भन्दै विद्यालय कस्तो बनाउने भन्ने कुरामा प्रध्यानापकको जिम्मेवारी रहने अध्यक्ष घर्तिले बताईन । फुर्से प्राथमिक विद्यालयमा ३३ जना विद्यार्थी र नव ज्योति प्राथमिक विद्यालयमा ३५ विद्यार्थी रहेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !