भारत, २०७६ फागुन ३० । कोरोना भाईरसको माहामारीले भारतको कर्नाटक प्रान्तमा कुखुराको मासु सागसब्जी भन्दापनि सस्तो भएको छ । कोरोना भाईरसको डरले उपभोक्ताहरुले कुखुराको मासु खान छोडेकाले प्रति केजी ६०/७० रुपयाँमा पनि नबिके पछी पोल्टीमालिकहरुले कुखुरा नष्ट गर्न थालेका छन् । एक जना पोल्टी मालिकले ६ हजार कुखुरा जीवीतै खाल्डोमा राखेर पुरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।